
तराई नेपालको अन्न भन्डार हो समुचित सिंचाइ हुन सके नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्ने पक्का !
१५ असार, काठमाडौं । देशमा प्रसस्त संभावनाहरू भएरपनि हामी नेपाली जनता सधैव पराधीन हुन बाध्य कसले किन गरायो यो देश जनताको अहम प्रश्न हो। हाम्रो देशमा जल,जमीन र जंगल छ। बहुमुल्य बनस्पति छन, जरीबुटी छन, विश्वकै तुलनामा जल भन्डारको दोस्रो देशको रूपमा चित्रण गरिएको छ। विश्वमै नभएको भू भाग छ जो ऊर्वराभूमिमा पर्दछ। यस्तो विश्वकै शिरको रूपमा रहेको देश, सगरमाथाको देश, विश्व मै शान्ति फैलाउने शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मेको देश , भृकुटी ,सीता, यलेम्बरको देश, तपोभूमि, ऋषिमुनीहरूले तपस्या र।साधना गरेको देश नेपाल किन गरीबी , विश्व कै भिख माग्ने देशको रूपमा परिणत गरे यो आज आएर मननयोग्य बिषय बनेको छ।
यसमा अन्य कारणहरू केहीपनि छैनन कारण हो देशका पापिष्ट र गद्दार देशका नेता नै जिम्मेवार भएको स्पष्ट हुन आएको छ। देशमा बहुआयामिक सभ्भवनाहरू भएर पनि कोही कसले जनताको उज्ज्वल भविष्य र देशको सुरक्षाको सवालमा संवेदनशील हुन देशका नेता सकेनन।
राजा पृथ्वीनारायण शाहले एकीकरण गरेको देश, वीर पुर्खाले स्थापित गरेको देश, देशका वीर विरङ्गनाहरूले जोगाएर राखेको देश आज आएर देशका नेता जनताले चुनेर पठाएका जनताका अभिभावक देशका संचालक पार्टीका हरेक नेताहरू मिलेर देशलाई टुक्राटुक्रा पारेर बेचिरहेका छन।
छिमेकी देश भारतमा सामान्यतया हेर्ने हो भने उत्तर प्रदेशमा ३० करोड जनसंख्या छ र विहारमा १४ करोड जनसंख्या छ यहाँको व्यवस्थापन र राज्य संचालन ठिकठाक ढंगबाट भईरहेको छ। नेपालमा जम्मा सरकारी डाटा अनुसार २ करोड ९२ नब्बे लाख जनसंख्याको सरकारले व्यवस्थापन र सहीमानेमा शासन गर्न र जनताको गाम्हस,वास,कपास,शिक्षा र।स्वास्थको समुचित व्यवस्थापन गर्न सकेको छैन यति सानो देशमा संघीयता लादेर जनताको रगत र पसिना चुसेर करको भारी बोकाएर विदेशी ऋण र व्यपार घाटाको मारमा देश र जनतालाई पारेर यतिले नपुगेर विदेशमा १ करोडौंको हाराहारीमा देशका युवा बेचेर खर्बौ रेमिटान्स नेपालमा भित्र्याएर त्यो रेमिटान्स समेतको चरम दुरुपयोग गरेर देशमा व्यापक भ्रष्टाचार गरेर जनताको ढाड सेकेर देशलाई उठनै नसकन्नेगरि थिचेर आज देश अनिर्णयको बन्दी बनाएका छन।
जवकि २०४४ सालमा नेपालले विदेशीलाई आर्थिक सहयोग र खाद्यान्न सहयोग गर्थ्यो आज हरेक बस्तुमा आत्मनिर्भर भएको खाद्यान्न ,लत्ताकपडा ,जुत्ता ,कागज लगायत हजारौंको बस्तुमा आत्मनिर्भर भएको देशलाई किन यस्तो अवश्थामा पुर्याए यसको वारेमा वहस चर्चा गर्ने कि नगर्ने हो देशको सम्मान र नागरिकको स्वाभिमान स्थापित गर्न अब यी पार्टीका नेताहरूलाई अवपनि देशको जिम्मेवारी दिने हो भने देश केही बर्षमा सिक्किम बन्छ यो धुर्व सत्य हो र वास्तविक यथार्थपनि हो।
देशमा सबथोक भएरपनि केही नभएको भिख मागेर देश चलाउने भन्छन देशका नेता सरकार नामको मात्र छ। देश लुटन र बेच्नकालागि राजनीति भएको छ। राजनीति सेवा हो व्यपार होइन । देशको राजनीति व्यापार र ठेक्का पट्टामा चलिरहेको छ। अमेरिकाले, चीनले र भारतले कति पैसा के स्वार्थमा दिन्छ त्यसकालागि देशका नेता देश बेच्न तयार भएको वर्तमा MCC र SPP सम्झौताको अभ्यासले स्पस्ट पारेको छ। अवपनि यिनै पार्टीका भ्रष्ट नेतालाई भोट दिएर देश बचाउने कि देश लिलाम गर्ने यसको समाधान र स्थायी बाटो भनेको नै जनताको विवेकपुर्ण चुनावी निर्णय हो।
जसरी स्थानीय निर्वाचनमा जनताले पार्टीबाट वाक्कदिक्क भएर पार्टीलाई होइन स्वतन्त्र उमेदवारलाई भोट दिएर जिताए बालेन शाह, हर्क साम्पाङ्ग ,गोपी हमाल र नव उदायमान भएका राट्रभक्त राजनीतिक निष्ठा सहित आएका राजेन्द्रप्रसाद लिङ्ग देन। अब वर्तमान समयमा रवि लामिछाने राजनीतिमा आउनुले देशको राजनीति व्यवस्था र पात्र परिवर्तनको यो ठुलो संकेत हो।
अवपनि हामी नेपाली जनताले सही नेता र योग्य नेतृत्वको छनौट गर्न सकेनौं भने देशको भविष्य र जनताको सम्मृद्धि समाप्त हुनेछ। यसकारण अब जनता सचेत र चनाखो हुन आवश्यक छ। नेपाल र नेपालीको भाग्य र भविष्य सुनिश्चित गर्न अब आउने चुनावी सवालमा हाम्रो होइन राम्रो मानिसलाई भोट दिएर शासन सत्ताको स्थानमा पुर्याउन जरुरी भएको छ। अब बिकाउ होइन टिकाउ र राष्ट्रभक्त नेतृत्व चयन गर्न चुक्नु हुदैन।
सवाल रहेको छ देश कसरी आत्मनिर्भर हुन्छ। यसमा तराईको भूभागमा सिंचाइ समयमा मल, बीउ विजन उपलब्ध गराएर मौसम अनुसारको खाद्यान्नको उब्जनी गराउने र हिमाल ,पहाडमा हुने उत्पादनलाई बजार व्यवस्थापन ,भन्डारन र कृषि उत्पादनमा जोड दिन सकेमा हामी सबैभन्दा भन्दा विश्व कै धनी र शुखी र खुसी हुने नागरिकको रूपमा स्थापित हुनेछौ। देश विकासको प्रमुख माध्यम भनेको कृषि र शिक्षामा वैज्ञानिकीकरण नै देश विकासको कोशेढुङ्गा सावित हुने निश्चित छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
नरेश कुमार साह।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
1
+1
+1
+1



