एकीकृत समाजवादीका मन्त्रीले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित

नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्रीहरुले पार्टीको निर्णय नमानेको भन्दै नेताहरु आक्रोशित भएका छन् । पार्टीको सचिवालय र स्थायी समिति बैठकले मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपनि मन्त्रीहरु सरकारमा टाँसी रहेको भन्दै नेताहरुले दुःख व्यक्त गरेका हुन् । ‘पार्टीले गत वैशाख २२ गतेको सचिवालय बैठकले मन्त्री फिर्ता बोलाउने निर्णय गर्यो । मन्त्रीहरुले बजेटमाथिको मन्त्रालयगत रुपमा जवाफ दिनुपर्ने भएकोले तत्काल रोकियो ।  मन्त्रीहरुले मन्त्रालयगत रुपमा जवाफ दिइसक्नुभयो’ एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने, ‘तर, अहिलेसम्म मन्त्रीहरुले पार्टीको निर्णय मान्नुभएको छैन । उल्टै सरकारमा टाँसिरहनुभएको छ ।’ प्रधानमन्त्रीले नयाँ मन्त्रीको सपथ नखुवाए पनि मन्त्रीहरुले पार्टीको निर्णय मान्नुपर्नेमा उल्टै उल्लंघन गर्ने काम भएको भन्दै भुसालले आक्रोश व्यक्त गरे । मन्त्री पदलाई स्थायी जागिर जस्तै ठानिएको भन्दै एकीकृत समाजवादीका नेताहरुले आक्रोश व्यक्त गरेका छन् ।

पार्टीका मन्त्रीहरूमा पदलोलुपता देखिएको भन्दै अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा पराजुली लेख्छन्– ‘म नै राज्य  हुँ भन्ने भनाई इतिहासमा फ्रान्सेली राजा लुई चौधौको सुनिन्थ्यो, तर  आजभोलि म नै मन्त्री ,मन्त्री नै म’  भन्ने भनाई पनि सुनिन थालियो ।  म के का लागि जन्मेको हो भने मन्त्री बन्नका लागि मात्र त्यो बाहेक मेरो केहि छैन ।’कतिपय नेताहरुको सोच नै मन्त्री बन्ने र माफिया दलालको सेटिङमा काम गर्ने र पैसा कमाउने रहेको पराजुलीको भनाइ छ । रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उनी प्रश्न सोध्छन्– ‘हिजो मुखमा लगाएको टेप खोली खोली स्टन्ट मारी मारी गरेको भाषण त केवल खोक्रोको आदर्श बाहेक के हुन सक्छ त कमरेड ?’

एकीकृत समाजवादीबाट मन्त्री भएका सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रममन्त्री किसान श्रेष्ठले सरकारबाट बाहिरिन सबैभन्दा बढी आनाकानी गरेको एक नेताले बताए । प्रेम आलेले आफू हटेपनि धनबहादुर बुढालाई मन्त्री बनाउनुपर्ने सर्त राखेका छन्, सहरी मन्त्री झा र श्रममन्त्री श्रेष्ठले आफूहरु मन्त्रीबाट कुनै हालतमा राजीनामा नदिने अडान लिएका छन् ।मन्त्रीहरुले नै पार्टीको निर्णय मान्न आनाकानी गरेकाले मन्त्री हेरफेर हुन नसकेको हो । बरु उल्टै एकीकृत समाजवादीका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्री पद जोगाइदिन भन्दै गुहार माग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button