राप्रपामा प्रवेश हुने युवाले कहिल्यै पछुताउनु पर्दैन : कृष्ण प्रसाद शर्मा पन्थी

देशको भाग्य र भविष्य परिवर्तन र बिकाशकालागि देश स्वयं आफैमा सक्षम र सबल छ। जन नागरिकको उज्ज्वल भविष्य र सुनिश्चित भविष्यका खातिर सबै थोक नेपालमा प्रसस्त छन। देशमा प्रसस्त अवसरहरू छन। देशमा नभएको भनेको असल राजनीतिक नेतृत्व नभएर देश र जनताले सार्है दुःख कष्ट व्यहोर्नु परेको हो।
आज देशले एउटामात्र असल, इमानदार , सालिन राष्ट्रभक्त सुपुत पाएको छ ती हुन राजेन्द्रप्रसाद लिङदेन। देशमा विभिन्न कालखण्डमा राजनीतिक उथल पुथल भए तरपनि देशमा कुनै बिकाश र परिवर्तन हुन सकेन। परिवर्तन भयो नेताका आफन्त, छोराछोरी र श्रीमती तथा उनका नातागोताको जीवनशैली परिवर्तन भयो। देश गरीब भयो पार्टीका उच्चस्तरीय नेतृत्व धनी भए।
जसले एकछाक खानाकालागि तडपिन्थे ,एक सरो कपडा लगाउन धौ धो हुन्थ्यो , जसले एउटा राम्रो जुत्ता सम्म लगाउने हैसियत नभएका पार्टीका नेता आज अर्बौंपति भई देशको सारा खजाना समेत लुटेर अकुत सम्पत्तिका मालिक भएका छन। जनताले समयमा एउटामात्र सिटामोल नपाए मृत्यु रोज्न बाध्य भएका छन। जनतामा चारैतिर नैराष्यता, अभाव, चरम गरीब , उत्पिडन र अभावमा जीवन वितेको छ। देशका सुयोग्य छोराछोरीले आफ्नो परिवार पाल्न विदेशीन बाध्य तुल्याएका छन।
देशमा सबथोक भएरपनि भिख मागेर देश चलाउनु परेको छ। देश चलाउन देशै बेच्न समेत किंचित हिचकिचाएनन देशका अभिभावक भनिएका विदेशीका तलुवा चाटने कठपुतलीहरू यो साच्चै नै देशकालागि अति दुर्भाग्यपूर्ण विडम्बना हो। देशमा के छैन ? हरेक चिज छ हामी प्राकृतिक रूपमा विश्वकै धनी र वैभवशाली देशका वीर सपूत हौ तरपनि देशमा सही र योग्य नेतृत्वको अभावमा देश हरेक बिषयमा हरिकंगाल गराइयो देशका अभिभावक भनिएका दानवहरूबाट!!
यो रामराज्यमय देशमा रावणहरूको बर्चस्व भएको छ। देशमा न सिस्टम छ न नीति चौतर्फी वेथितिमात्र छ। यसको सदाकालागि निमिट्यान्न पार्ने उपाय भनेको पात्र,पद्धति र प्रणाली नै परिवर्तन हुन आवश्यक छ। देशमा विवेकहीन , अनपढ, असक्षम, अशिक्षित , अदुरदर्शी , भिजलन्ते, विदेशी लम्पसारवाद, अन्धभक्त , नेतृत्व र यिनका कार्यकर्ता भएको कारणबाट यो देश यो अवश्थामा आएको हो।
यस्ता हजारौं कारण छन अब देशलाई सुरक्षित र अखन्डित राख्ने हो भने यी पटकपटक देश लुटेका, चरम भ्रष्टाचार गरेका पुराना पार्टी उच्च नेतृत्वलाई भोटबाट आफ्नो मतदानबाट बहिष्कार गर्नु वाहेक अन्य विकल्प छैन। आज हामीले बुद्धि पुर्याएनौ भने देश रहदैन अफगानिस्तान , युक्रेन र सिक्किम बन्छ र यिनीहरूले बनाउछन। विषय बस्तु धेरै छन। अब एक पटक राजेन्द्रप्रसाद लिङ्ग देनलाई साथ दियौ पहिलो र अन्तिम पटककालागि हलोमा मतदान गरौ यसैमा जन नागरिक र देशको भलो हुनेछ।
जय मातृभूमि नेपाल।
May be an image of 1 person and text that says "क0 जीवनको पहिलो मोट हाल्ज तम्तयार लाखौं युवालाई आव्हान- हलो चिन्हमा मतदान राप्रपाको "हलो" चिन्हमा मतदान गरी| राप्रपालाई भरोसा गरनुहोस् हामी युवालाई धोका दिने घैनों| राजेन्दर लिड़देन FOR RAJENDRALINGDEN VOTE LINGDEN VOTE FOR CHANGE"
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button