
अमेरिकी सैनिक : जो अफगान युद्धताका जन्मिए, युद्धमै मारिए
गत बिहीबार स्टीव निकोइ टेलिभिजनअगाडि बसेर अफगानिस्तानबाट फिर्ता हुनेहरूको नाम हेरिरहेका थिए।
गत बिहीबार स्टीव निकोइ टेलिभिजनअगाडि बसेर अफगानिस्तानबाट फिर्ता हुनेहरूको नाम हेरिरहेका थिए। फिर्तामा हुनेको सूचीमा आफ्ना छोरो पनि छ कि भनी उनी उत्सुक थिए। उनी अफगानिस्तानको पछिल्लो राजनीतिक घटना क्रमलाई लिएर चिन्तित पनि थिए।

त्यति नै बेला उनको कसैले ढोका ढकढकाए। तीन मरिन नाम गरेका एक व्यक्तिले उनलाई एक अशुभ समाचार सुनाए। किनकि‚ स्टीवका छोरा लान्स कर्पोरल करिम निकोउई काबुल विमानस्थलमा भएको हमलामा मारिएका १३ अमेरिकी सैनिकमध्ये एक थिए।

एक दिनअघि २० वर्षीय करिमले घरमा एउटा भिडियो पठाएका थिए। जसमा उनी अफगानिस्तानका बच्चाहरूलाई चकलेट दिइरहेका थिए।
काबुल हमालामा मरेका सिपाहीहरुमध्ये एकका पत्नी गर्भवती थिइन्। एक जनाका बुबा क्यालिफोर्नियाका पुलिस अधिकारी थिए र एक ओहायोका थिए।क्यालिफोर्नियाका स्टीव निकुइले फोनमा भने, ‘उनी युद्ध सुरु भएको वर्षमा जन्मेका थिए। उनको जीवन युद्धसँगै समाप्त भयो।’
उनी सन् २००१ को कुरा गर्दै थिए, जब अमेरिकाले अफगानिस्तानमा आफ्नो सैन्य अपरेशन सुरु गरेको थियो। अमेरिकी रक्षा मन्त्रालयले काबुल विमानस्थलमा मारिएका सैनिकहरूको नाम सार्वजनिक गरेको छैन। तर‚ परिवारलाई जानकारी दिइएकाले उनीहरूबारे थप जानकारी बाहिर आउन थालेको छ।
चरमपन्थी संगठन ‘इस्लामिक स्टेट’, जो आफैंलाई इस्लामिक स्टेटले चिनाउन चाहन्छ। उसले यो हमलाको जिम्मेवारी लिएको छ।
राष्ट्रपति बाइडेनप्रति निराश
निकुईले राष्ट्रपति जो बाइडेनले परिस्थितिलाई सम्हालेकाको कामप्रति निराश रहेको बताएका छन्। जमिनमा रहेका कमाण्डरहरूलाई अफगानिस्तानमा कति खतरा छ भन्नेमा सचेत हुनुपर्ने र रोकथामका उपाय बाइडेनले लिनुपर्नेमा त्यस्तो नदेखिएको उनले टिप्पणी गरे।
६ महिनाको गर्भवती श्रीमती छोडेर गए म्याकोलम
काबुल एयरपोर्टमा मृत्यु भएका सैनिकहरूमा वायोमिंग प्रान्तका राइल म्याकोलम पनि थिए। उनका उनकी श्रीमती ६ महिनाकी गर्भवती थिइन्।
राइलकी बहिनी रोयसले शुक्रवार फेसबुक पोस्टमा उल्लेख गरेकी छिन्, ‘मेरो दाइ सेवा निवृत्तिपछि इतिहास पढाउन चाहन्थे। बच्चाहरूलाई कुस्ती सिकाउन चाहन्थे। कुस्तीबाहेक उनले वायोमिंगको ज्याक्सन होल हाई स्कुलबाट सन् २०१९ मा स्नातक हुनुअघि फुटबल खेले।’
वायोमिंग प्रान्तका राज्य निर्देशक जिलियन बैलोले भनिन्, ‘राष्ट्रका लागि सेवा गरेका राइलप्रति आभारी छौं, एक आमा र अमेरिकीको हैसियतमा मेरो पीडा हुने छैन। राइलको परिवारप्रति मेरो समवेदना।’
रेगी स्टोनका छोरा एलाई पनि अमेरिकी सेनामा सामेल भएका थिए। एलाई र राइल साथी थिए। रेगी भन्छन्, ‘राइल स्मार्ट, बलियो र साहसी थिए। उनी आफ्नो देशलाई माया गर्थे।’
अरुको जीवन बचाउँदा आफू मारिए
माक्स सोवियाकको बहिनी मैरिलीनले इन्स्टाग्राम मा लेखेकी छिन्, ‘मेरो भाइ सुन्दर र स्मार्ट थियो। ऊ मानिसहरूको जीवन बचाउँदा बचाउँदै मारिए।’
सोवियाकको मृत्यु ओहायो सिनेटर रोब पोर्टम्यानद्वारा ट्विटर मा पुष्टि गरेका थिए।सोवियाकले आफ्नो इन्स्टाग्राम समुद्रतटको तस्वीर राखेका छन्। उनले दुई बच्चासँग रमाइलो गरेको तस्वीर पनि राखेका थिए।
उसको अन्तिम पोस्ट अझ भावनात्मक छ। जसमा उनले आफूसहित अन्य तीन सैनिक जवानको तस्वीर सेयर गर्दै लेखेका छन्, ‘कि मार्नेछौं, कि मरेर जानेछौं।’



