
जापानमा ठूलो आँधीको चेतावनी : २० लाख मानिसलाई सुरक्षित ठाउँमा जान आग्रह
जापान।

ताईफु १४ नजिकिँदै गएकाले खागोसिमा प्रिफेक्चरमा आँधी, उच्च छाल तथा भारी वर्षाको आपतकालीन चेतावनी जारी गरिएको छ।

छिट्टै ,ऐतिहासिक ठूलो र शक्तिशाली आँधीबेहरी आउने अपेक्षा गरिएको छ । त्यसैले ति जोखिमयुक्त स्थानहरुबाट सुरक्षित स्थानतर्फ सर्नलाई आग्रह गरिएको छ । जापान सरकारले खागोसिमा संगै क्युसुका विभिन्न भागमा रहेका आम नागरिकहरुालई बलियो भवनमा गई आश्रय लिन र आफ्नो सुरक्षाका लागि सिसाहरु प्रयोग गरिएको झ्याल ढोकाभन्दा पर रहन आह्वाव गरेको छ ।
विशेष गरी जापानको कागोशीमा, कुमामोटोट र मियाजाकिका नागरिक जोखिममा पर्ने पूर्वानुमान छ । ती जोखिम क्षेत्र खाली गर्न अपिल गरिएको बीबीसीले जनाएको छ । प्रतिघण्टा २ सय ७० किलोमिटरको दरले आउन सक्ने आँधी कागोशीमा हुँदै जापानको मुख्य टापुसम्म पुग्न सक्ने अनुमान छ । साथै भारी वर्षाको सम्भावना पनि छ ।
सन २०१३ मा आएको विध्वंसक ताईफुपछि आज, यो तेस्रो पटक ताईफुका कारण उच्च जोखिम बढेको भन्दै यि क्षेत्रमा सरकारले आपतकालिन चेतावनी घोषणा गरेको हो ।ओकिनवा प्रिफेक्चर भन्दा बाहिर यसरी ताईफु चेतावानी जारी गरिएको यो विरल घटना हो ।
यस पटक यो ताईफु १४ निकै घातक सावित हुनसक्ने मैसमी अनुमान रहेकाले क्युसु तथा च्युगोकु क्षेत्रका वासिन्दाहरुले विशेष सजगता अप्नाउनुहोला ।



