शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाई ६ कैदी कारागारबाट फरार

एजेन्सी। इजरायलको एक कारागारबाट ६ जना प्यालेष्टेनी कै’दी फरार भएका छन् । इजरायलको उत्तरी क्षेत्रमा रहेको गिलबोआ कारागारको भुईमा खा’ल्डो ख’नेर सुरुङ बनाई उनीहरु फरार भएका हुन्।

कडा सुरक्षा घेरामा रहेको उक्त कारागारको शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाइ उनीहरु फरार भएका हुन् । फरार हुनेहरुमा प्यालेष्टाइनको आ’तंक’बादी समूह अल अक्साका एक पुर्व नेता र पाँच इस्लामिक जिहाद समूहका सदश्य रहेको खुलासा भएको छ।

शौचालयबाट चम्चाको भरमा खाल्डो खन्दै सुरुङ बनाई ६ प्यालेष्टेनी कैदी कारागारबाट फरार उता प्यालेष्टेनी बि’द्रो’ही समूह अल अक्साले भने आफना सदश्यहरु कारागारबाट भाग्नु ठुलो उपलब्धिको रुपमा ब्याख्या गरेको छ । जेल प्रशासनले नियमित रुपमा गर्ने कै’दीको संख्या गणनामा ६ जना नभेटेपछि उनीहरु फरार भएको खुलासा भएको हो।

युवा उमेरको भ्रूण राखेर ५५ वर्षपछि बच्चा जन्माउन पाइने

ब्रिटेनमा अब डिम्ब, शुक्रकीट र भ्रूण ५५ वर्षसम्म भण्डारण गरेर राख्न पाइने नियम ल्याउन लागिएको छ।

सरकारी अधिकारीहरूका अनुसार यो योजनाले सर्वसाधारण मानिससँग आफ्नो परिवारलाई कहिले सुरु गर्ने भन्ने विषयमा धेरै विकल्प हुनेछ।

ब्रिटेनका स्वास्थ्यमन्त्री साजिद जाविदले डि’म्ब, शु’क्रकीट र भ्रूण भण्डारणसम्बन्धी विद्यमान १० वर्षे समयसीमा एकदमै साँघुरो भएको बताए।

रोयल कलेज अफ अब्स्टेट्रिसिअन्सले गरेको एउटा अनुसन्धानमा ती तत्त्वको शीतभण्डारण गर्न एउटा आधुनिक चिस्यान पद्धति विकास गरिएको थियो।

उक्त पद्धति अनुसरण गरेर डि’म्बको संरचना नबिगारीकन अनिश्चित कालसम्म सुरक्षित राख्न सकिने जनाइएको छ।

यो योजना लागु गर्नका लागि संसदीय अनुमोदन चाहिन्छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ योजनामा दाता रहने तेस्रो पक्षको हकमा र कुनै व्यक्तिको मृत्युपछि उसको भण्डारण गरिएको कोष उपयोग गर्नका लागि अतिरिक्त सर्तहरू लागु हुनेछन्।

अब शु’क्रकीट र भ्रू’ण भण्डारण गरेको १० वर्ष पूरा भएपछि भावी आमाबुवाले प्रजनन प्रक्रिया अघि बढाउने कि भण्डारण गरिएका कोषहरू नष्ट पार्ने भन्नेबारे निर्णय गर्नुपर्छ। नयाँ व्यवस्थाअनुसार उनीहरूलाई १० वर्षपछि जमेका कोष वा भ्रूण राख्ने वा नष्ट गर्ने भन्ने विकल्प दिइनेछ।

“नयाँ कानुनले मानिसको मनमा विद्यमान हतार अन्त्य गरिदिनेछ,” जाविदले भने, “यी परिवर्तनसँगै हामीले मानिसको प्रजनन स्वतन्त्रता र समानता कायम गर्दैछौँ। यो एउटा ठूलो कदम हो।

” ब्रिटिश फर्टिलिटी सोसाइटीका अध्यक्ष डा. राज माथुरले नयाँ योजनाको स्वागत गर्दै भनेका छन्, “समयसीमा बढाउनु हाम्रा सबै सेवाग्राहीको व्यक्तिगत र दम्पतीको प्रजनन रोज्न सक्ने क्षमताको रक्षा गर्नु हो,” माथुरले भने।

ह्यूमन फर्टिलाइजेशन एन्ड एम्ब्रीओलजी अथोरिटीकी अध्यक्ष जुलिया चेनका अनुसार महिलाले जति पहिला आफ्नो डि’म्ब शीतभण्डारण गर्छन् पछि कृत्रिम गर्भाधान सफल हुने सम्भावना उति नै बढी हुन्छ। “यसले महिलालाई कहिले परिवार विस्तार गर्ने भन्नका लागि धेरै विकल्प र लचकता दिन्छ,” उनले भनिन्।

के हो डि’म्ब, शु’क्रकीट र भ्रू’णको शीतभण्डारण? पछिसम्म प्रजनन क्षमता सुरक्षित राख्न महिलाको डिम्ब र पुरुषको शु’क्रकीट वा डि’म्ब र शुक्राणु निषेचन भएर बनेको भ्रू’ण चि’स्याएर भण्डारण गरिन्छ।

यस सुविधाले केही समयपछि सन्तान हुने सम्भावना कायम राख्छ। यस प्रक्रियामा इन भिट्रो फर्टिलाइजेशन (आईभीएफ) मार्फत् महिलाको १५ वटा डि’म्ब भण्डारण गरिन्छ। तिनलाई तत्काल चिस्याएर तरल नाइट्रोजनको भाडामा सङ्गृहीत गरिन्छ।

ती डिम्बलाई आवश्यकता पर्दा पग्लिन दिइन्छ। त्यसपछि यथारूपमा जोगिएका डि’म्बलाई शु’क्रकीटसँग सम्मिलित गरिन्छ। शुक्रकीटलाई सामान्यतया चिस्याउनुअघि नै भिन्नभिन्न भाँडामा छुट्याएर राखिन्छ। त्यसो गर्दा तिनलाई फरक उपचारका लागि प्रयोग गर्न सकिन्छ।

पहिलो चरण सफल नहुँदा वा फेरि अर्को सन्तान जन्माउन प्रयास गर्दा भ्रूणलाई प्रजनन उपचार प्रक्रियामा चिस्याइन्छ। महिलाको डि’म्ब र पुरुषको शु’क्रकी’ट निषेचन भएर बन्ने भ्रूण सुरुमा एककोषीय मात्र कोष हुन्छ।

समयक्रममा कोषको सङ्ख्या दुई, चार, आठ हुँदै बढ्दै जान्छ। भ्रूण चिस्याएर गरिने भण्डारण चाहिँ एउटा मात्र कोष भएको वा दुईदेखि आठवटा कोष भएको चरण वा भ्रूण विकासको त्योभन्दा पछिल्लो चरणमा गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button