काठमाडौंको फोहोर बोकेका १४ गाडी तोडफोड

काठमाडौंको फोहोर बोकेका १४ गाडीमाथि तोडफोड भएको छ। गए राति बञ्चरेडाँडा सडकखण्डको आलेटार  भन्ने ठाउँमा अज्ञात समूहले १४ गाडीमाथि तोडफोड गरेका हुन्।  

काठमाडौं महानगरपालिका नगर प्रहरी नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टले १४ वटा फोहोरका गाडी दुई वटा डोजर र एउटा स्काभेटर तोडफोड भएको बताए।

उनले भने, ‘हिजो बिहानैदेखि स्थानीयले फोहोर फाल्न दिएका थिएनन्,प्रहरी सुरक्षामा फोहोर फालिएको थियो। बेलुका प्रहरीहरु नहुदा गाडी तोडफोड भएको हो। तोडफोड गर्ने समूह भने पत्ता लागेको छैन। खोजी गर्नका लागि सुरक्षा निकायलाई पत्राचार गरेका छौं।’

विगत लामो समयदेखि सिस्डोलबासीले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन गर्दै आएका थिए।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button