सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं :  नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। आइतबार सुनको मूल्य ८ सयले बढेर तोलाको १ लाख ३०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।  अघिल्लो दिन प्रतितोला ९९ हजार ५०० मा कारोबार भएको सुन आज प्रतितोला  ८०० ले बढेको हो । महासंघका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० कायम भएको छ । यसको मूल्य शुक्रबार प्रतितोला ९९ हजार थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १० ले बढेर एक हजार ३६५ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा नेपाली बजारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस रु एक हजार ९४७ डलर आसपास कारोबार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button