मेला हेर्न गएकी महिलाको बलात्कारपछि हत्या

महोत्तरीमा : महोत्तरीमा झन्डा मेला हेर्न गएकी एक महिलाको बलात्कारपछि हत्या भएको तथ्य खुलेको छ । गत १३ असोजमा झन्डा मेला हेर्न गएकी भंगहा–२ बखरी टोलकी ३५ वर्षीया अमृता सदाको बलात्कारपछि हत्या भएको खुलेको हो ।

प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सदाको हत्यामा संलग्न रहेको आरोपमा समातिएका दुईजनालाई सार्वजनिक गरेको हो । बलात्कारपछि हत्या घटनामा महोत्तरीको भंगहा नगरपालिका–५ सीतापुर बस्ने २४ वर्षीय विपीन मण्डल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ पर्सा पकडिया बस्ने ४२ वर्षीय मनोज यादव संलग्नता रहेको जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिए ।

उनीहरूले अमृतलाई मेला हेर्न जाउँ भनी झुक्याएर साँझ ९ बजे गाउँ नजिकैको चौरमा पुर्‍याएर पालैपालो बलात्कार गरेको र बेहोस भएपछि हत्या गरेको अभियुक्तहरूले स्वीकार गरेको आचार्यले बताए । प्रहरीका अनुसार १ मंसिरमा विपीनलाई उनकै गाउँबाट र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका–५ पक्राउ गरिएको हो । उनीहरूमाथि जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button