
जनकपुर : राजर्षिजनक बिश्वविद्यालय शिक्षकहरु धर्नामा



जनकपुरधाम । जनकपुरधाममा स्थापित राजर्षिजनक बिश्वविद्यालयको क्याम्पसमा अध्यापनरत पेपर (कोर्ष) कन्ट्रयाक्ट शिक्षकहरु धर्नामा बसेका छन् । शिक्षकहरुको तलव सुविधाको लागि आएको रकम शिक्षकहरुमै खर्च हुनुपर्ने सहितका विभिन्न मांग राखि विगत चार महिना देखि अध्यन्न अध्यापनमा कुनै पनि असर नपर्ने गरि गरिएको आन्दोलनको कुनै सुनुवाई नभएपछि मंगलवार बिहान ११ देखि दिउँसो २ बजे सम्म धर्नामा बस्ने बाध्यकारी निर्णय गर्न परेको आन्दोलित शिक्षकहरुको भनाई छ ।
२०७५ मसिंर ५ देखि काम गर्दै आएका ति कुल ३० जना शिक्षहरु आफुहरुलाई करार सेवामा नियुक्त गर्नुपर्ने मांग समेत राखेका छन् । बिश्वविद्यालयको स्थापनाकाल देखि आफुहरुको मेहनत र परिश्रमको सम्मान हुनुपर्ने उनीहरुको मांग छ । आफुहरुको मांग सुनुवाई नभए अनसन देखि आमरण अनसन सम्म बस्ने उनीहरुको चेतावनी छ । यस अघि पहिलो चरणको आन्दोलनमा अध्यापन्न प्रभावित नहुने गरि उनीहरुले कालो पट्टी बाँधेर अनलाइन कलाश सञ्चालन गर्दै आएका थिए ।




