आजदेखि नानो युरिया मल बजारमा, एक लिटरले एक बिगाहालाई पुग्ने

रासायनिक मलको अभाव भइरहेको अवस्थामा सरकारले विकल्पका रुपमा झोल मल बजारमा ल्याएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले आजदेखि बजारमा नानो युरिया मल (झोल) बजारमा उपलब्ध गराएको जानकारी गराए ।प्रतिनिधिसभा बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले नानो युरिया मल सोमबार नै विराटनगरमा उद्घाटन गरिएको र आजदेखि बजारमा उपलब्ध भएको जानकारी दिए ।

एक लिटर मलको मूल्य ८०० रुपैयाँ पर्ने र एक लिटर मलले एक बिगाहालाई नाइट्रोजन दिने उनको भनाइ छ । कृषि अनुसन्धान परिषदले अनुसन्धान गरेर सिफारिस गरेपछि वैज्ञानिकहरुका सुझावका आधारमा भारत सरकारसँग पत्राचार गरी उक्त मल भित्र्याइएको उनले बताए । भारतले ५ लाख लिटर उक्त मल दिने निर्णय गरेको उनको भनाइ छ ।मन्त्री यादवका अनुसार भारतबाट असारभित्र ८० लाख मेट्रिक टन रासायनिक मल आउनेछ । असार १५ गतेसम्म साल्ट ट्रेडिङबाट टेन्डर भएका मल पनि उपलब्ध हुने उनले बताए । ५२ हजार मेट्रिक टन मल आउने प्रक्रियामा रहेको र १४ हजार मेट्रिक टन मौज्दात रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button