करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौं- करेन्ट लागेर देशका विभिन्न भागमा गरि तीन जनाको मृत्यु भएको छ। धादिङमा दुई र झापामा एक जनाको कोरोना लागेर मृत्यु भएको हो। 

काठमाडौं- करेन्ट लागेर देशका विभिन्न भागमा गरि तीन जनाको मृत्यु भएको छ। धादिङमा दुई र झापामा एक जनाको कोरोना लागेर मृत्यु भएको हो।

धादिङको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर सोमबार दुईजनाको मृत्यु भएको छ।

अविरल वर्षाका कारणले पहिराले रुख ढलेर तार छिनेको र बनाउन जाने क्रममा विद्युत् प्राधिकरणको पोलमा भर्‍याङ राख्दा पोलमा सर्ट भएपछि सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताए।

मृत्यु हुनेमा स्याङ्जा निवासी २७ वर्षीय बिमल परियार र  पोखरा महानगरपालिका निवासी २४ वर्षीय उमाकान्त बराल रहेका छन् भने घाइते हुनेमा पोखरा महानगरपालिका निवासी भुवन बराल रहेका छन्। घाइतेको उपचारको लागि काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ। गजुरी अस्पतालमा शव परीक्षणका लागि राखिएको छ।

त्यस्तै झापाको अर्जुनधारा नगरपालिका– १० की एक महिलाको करेन्ट लागेर आज बिहान मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं ६ स्थित बिहानी टोलमा डेरा गरी बस्ने वर्ष ४५ की सावित्रा विक रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विद्युत्को पोल मुनी मृत भेटिएकी विकको शरीरको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको, काँधको भाग डढेको देखिएको र विद्युत्का कर्मचारीले परीक्षण गर्दासमेत तारमा करेन्ट प्रवाह भएको पाइएकाले करेन्ट लागेर मृत्यु भएको आशङ्का गरिएको हो।

मृतकको शव परीक्षणका लागि मेची अस्पताल पठाएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सप्तकोशीको बहाव तीनसय मिटर फैलियो

उदयपुर– निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको  बहाव ३०० मिटरसम्म फैलिएको छ।

बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ र ९ का दुई हजार ४०० परिवारलाई असर पारेको नगरप्रमुख दुर्गाकुमार थापाले बताए।

तटीय क्षेत्रमा डम्रीबोट, सोमबारे, मसानघाट, रामनगरका साथै धौरी, एबिसी र श्रीलङ्का टाप्पु पर्दछ।
रामनगरका कृष्णबहादुर भुजेलका अनुसार आइतबार राति १० बजेसम्म  पानीको बहाव नदी किनार पार गरेर ३०० मिटर दूरीको गाउँ इलाकासम्म प्रवेश गरेकामा आज बिहान वर्षा कम भएकाले  बहाव थोरै घटेर गएको छ।

बस्तीमै बाढी प्रवेश गर्न थालेकाले  त्यहाँका बासिन्दालाई  राति नै अन्यत्र सार्न थालिएको नगरप्रमुख थापाले बताए। तटीय क्षेत्रमा सम्भावित कटान रोकेर गाउँलाई सुरक्षित राख्न आइतबारदेखि सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोलीसमेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

नदीको बहाव बढेकाले केही स्थानका जमिन कटान हुन थाले पनि अन्य स्थानमा भने कटानको खतरा नरहेको डुम्रीबोटका कर्ण मगरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button