म बोलाउँदिन पनि

– रमेश त्रिपाठी निराला

म बोलाउदिन पनि तिमी आउदिनौ भने नआऊ

म टोलाउदिन पनि तिमी भ्याउदिनौ भने नआऊ

धेरै धेरै थिए साचेका तिम्रै समर्पणमा बाँचेका

सपना सप्ननै रहे हराए फेरि फिर्ता ल्याउदिनौ भने नआऊ

मनु ! म बोलाइरहञ्छु तर तिमी किन टोलाइरहञ्छ्यौ

हरिप छैन, गरिब लाग्छ सुख पाउदिनौ भने नआऊ

खोज्नु धेरै धेरै पढेको धनले धेरै माथि चढेको

मेरो दिल्को घर चुहिन्छ फेरि खरले छाउदिनौ भने नआऊ

म त धनको जङ्गलमा छु थुन्न नखोज मनको पिजडामा

किन्न नसक्दा फेरि एउटै सारी लाउदिनौ भने नआऊ

आफू हारे नि अरुकै जितमा जीवन चलेको छ दुखमै

धुन छ बजेको फेरि दुखकै गीत गाउदिनौ भने नआऊ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button