
आर्ट कल्चर एण्ड म्युजिक अवार्डबाट नायक तथा निर्माता बिक्रम दास जोशी सम्मानित
काठमाडौं । चलचित्र विकास बोर्डमा आयोजना गरिएको दोश्रो आर्ट कल्चर एण्ड म्युजिक अवार्डबाट नायक तथा निर्माता बिक्रम दास जोशी सम्मानित भएका छन् । युकेमा रहेर पनि नेपाली चलचित्रलाई थप व्यवस्थित र उत्थान गर्नका लागि उनले गरेको योग्दानको कदर गर्दै आज उक्त अवार्डबाट नायक तथा निर्माता जोशीलाई सम्मान पत्र प्रदान गरिएको हो ।
उक्त अवार्ड सुचना तथा सन्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख अथित्वमा सम्पन्न गरिएको हो ।
विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई अग्रणि स्थानमा पुर्याउनका लागि युकेमा बसेरै भएपनि आफ्नो कला संस्कृतिलाई जगेर्ना गर्दै नेपाली चलचित्र क्षेत्रको लागि एक साहसी नायक तथा निर्माताको भुमिका निभाएका छन् ।
पछिल्लो समय उनले निर्माण गरेका तथा नायक समेत भएको चलचित्र “
पासवर्ड"ले राम्रो चर्चा पाएको थियो भने चलचित्र "
हेल्लो जिन्दगी”यहि चैत्र १८ गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ ।यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1