के तपाई राति अबेर खाना खाने गर्नु हुन्छ ? स्वास्थ्यका लागि बन्न सक्छन यी ५ खतरा !

सही समयमा खाना शरीरका लागि जति फाइदाजनक हुन्छ, त्यति नै हानिकारक छ– गलत समयमा खाना खानु। जस्तोः राति अबेर खाना खाँदा विभिन्न रोगको खतरा बढ्छ।

एक अनुसन्धानअनुसार रातिको खाना सुत्नुभन्दा ३ घण्टा अगाडि तथा खाजा खाएको ९० मिनेट पहिले खानुपर्छ। अनि मात्रा खाना राम्रोसँग पच्न पाउँछ।खाना विशषेज्ञ डा. शिवानी चतुर्वेदीले राति अबेर खाना खाँदा हुने ठूला ५ खतराबारे बताएका छन्।

१. मोटोपना सबैभन्दा ठूलो खतरा – नर्थ वेस्टर्न युनिभर्सिटीका अनुसार राति खाना खानासाथ सुत्ने गर्नाले मोटोपना हुने खतरा हुन्छ। यसले शरीरमा लामो समय अतिरिक्त क्यालोरी एकत्रित हुन्छ, जसले बोसो बढाउँछ।

२. ब्लडप्रेसर, डाइबिटिज, मुटुसम्बन्धी रोगको जोखिम – युनिभर्सिटी अफ पेन्सिलबेनियामा भएको अनुसन्धानअनुसार राति अबेर खाना खाँदा उच्च रक्तचाप (हाई ब्लडप्रेसर) र मधुमेह (डाइबिटिज) हुने खतरा बढ्छ।

यसले शरीमार ग्लुकोजको मात्रा बढाउँछ। रगतमा एक विशेष प्रकारको बोसो बढाउँछ, जसबाट मुटुसम्बन्धी रोगको खतरा हुन्छ।

३. स्मरण शक्तिमा असर – युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलिसका वैज्ञानिकले मुसामा गरेको अनुसन्धान गरेका थिए। त्यस क्रममा जुन मुसालाई सुत्ने समयमा खानेकुरा दिइएको थियो, तिनको स्मरण शक्ति र सिक्ने क्षमतामा प्रभाव परेको पाइयो।

ती मुसामा स्मरण शक्ति निर्माण गर्ने अणुमा असर परेको पाइयो।

४. इटिङ डिसअर्डर अर्थात् खाने बानी बिग्रिन्छ – अबेर राति खाने गर्दा इटिङ डिसअर्डर हुने जोखिम बढ्छ। वास्तवमा यो थकित हुनाका कारण हुन्छ। थकित व्यक्तिले चाँडै पेट भरिने खाना खान्छ।

५. पाचन प्रणालीमा गडबडी र पोषण प्राप्त नहुने हुन्छ -रातिको समय शारीरिक गतिविधि कम हुने हुँदा मेटाबोलिजम सुस्त हुन्छ।

शरीरलाई भोजन पचाउन समस्या हुन्छ। यसले गर्दा शरीरले सही पोषण पाउँदैन र विभिन्न रोगको खतरा बढ्छ। एजेन्सी

हिमाली भेग जुम्लामा फलेको मार्सी चामलबाट बनेको ‘मार्सी’ बियर बजारमा , यस्ता छन यसको बिशेषता

हिमाली भेग जुम्लामा फलेको मार्सी चामलबाट बनेको ‘मार्सी’ बियर बजारमा आएको छ ।

टाइगर्स ब्रुअरीले मार्सी बियर बजारमा ल्याएको हो । यो बियर नेपालका सबैजसो सहर–बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकको चाहना र मागअनुसार मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी भ्याप गरी तीन प्रकारका बियर बजारमा ल्याएको कम्पनीको भनाइ छ ।

मार्सी बियर नेपाली उत्पादन भएकाले नेपाललाई माया गर्नेले यो बियरलाई पनि माया गर्ने कम्पनीको अपेक्षा छ ।

त्यस्ता व्यक्तिको पहिलो रोजाइमा मार्सी बियर पर्ने कम्पनीको भनाइ छ ।

यो बियर अन्य बियरभन्दा फरक स्वादको भएको र ग्राहकको आवश्यकताअनुसार ३ सय ३० र ६ सय ५० मिलिलिटरको बोतलमा उपलब्ध रहेको जनाइएको छ ।

विशेषता
यो बियर रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ । साधारणतया, रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादको हुने हुनाले त्यसमा अन्नको स्वाद आउँदैन ।

तर, मार्सी बियरले ‘नेपाली माटोको स्वाद’ अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो बियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको कम्पनीको दाबी छ ।

जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानालाई रोस्ट गरिएका कारण मार्सी बियरको स्वाद बजारमा उपलब्ध अन्य बियरभन्दा निकै स्वादिलो र लामो समयसम्म मुखमा स्वाद रहिरहने प्रमाणित भएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button