
तितो सत्य तर अपाच्य यथार्थ…
राष्ट्रिय प्रजातन्त्र पार्टी नेतृत्व र पार्टीपंक्तिमा मेरो सुझाव!

देशको जरजर वरवर अवश्थामा देशका नेतृत्वहरूले जन स्वार्थ र राष्ट्रिय स्वार्थ भन्दा माथि उठेर देश बनाउन देशका नेतृत्वले नसकेकै हो। देशका अभिभावक भनिएका आफ्नै स्वार्थमा लगातार लागि रहेको विद्यमान अवश्थालाई चिरफार गर्न देशको भूगोल माटोले देशको राजनीतिक परिवर्तन चाहेको हो। यसमा देशको आमूल परिवर्तनमा राजनीतिक दल पार्टी चुकैकै हुन।

राष्ट्रिय सवालमा देशको एउटामात्र विकल्प के हुन सक्छ ? भन्ने राजनीतिक मुद्दामा स्थानीय निर्वाचन पुर्व राष्ट्रिय प्रजातन्त्र पार्टी भन्दापनि एकता महाधिवेशनबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्गदेनको देशमा चर्चा र परिचर्चा भएको हो।
देशले एउटा मानिस खोजिरहेको छ ती को हुन सक्छन भनेर ती हुन राजेन्द्रप्रसाद लिङ्गदेन। स्थानीय निर्वाचनबाट जब देशमा स्वतन्त्र उमेदवारले देशकै ठुल्ठुला शहरमा अत्याधिक बहुमतबाट बालेन शाह, हर्क साम्पाङ तथा गोपी हमाल र अन्य क्षेत्रमा समेत स्वतन्त्र दर्जनौं उमेदवारले बिजय हाँसिल गरे पश्चात जनताको अब देशका कुनैपनि पार्टीप्रति विस्वास नगरे स्पस्ट देखियो।
देशले पार्टी र पार्टीका नेताप्रति जन विस्वास समाप्त भएको कारण अब थप प्रमाण पेश गर्नु परेन। सबै पार्टी भन्दा बित्तिकै राष्ट्रिय प्रजातन्त्र पार्टीपनि पर्यो र कमल थापालाई विदेशीको डिजाइनमा राप्रपा पार्टीबाट फुटेर राप्रपा नेपालमा कमल थापाले पद किनेर दुईवटा पार्टीमा विभक्त भए।
कमल थापाले लिङ्गदेन पक्षका राप्रपा समर्थकहरूलाइ आफ्नो पक्षमा तान्न साम,दाम,दन्ड भेद लगाई रहेका छन र जिल्ला जिल्लामा भाडभौलो मच्चाउने काममा उनको तिव्रता देखिएको छ। यसबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय निर्वाचनमा खासै परिणाम हो हल्ला भए जति जनमत ल्याउन सफल देखिएन विगतकै अवश्थामा देखिन्छ शंखरापुर जितेर देशभर नै बिजय हाँसिल गरेका छौ भनेर प्रचारप्रसार गर्नु उपयुक्त देखिएन।
राप्रपा लगायत ५/६ बटा पार्टी गणतान्त्रिक शासन व्यवस्थामा लगातार सरकारमा सहभागी सत्ता ,पद र कुर्सीमा निरन्तर छन। यसमा दुईमत रहेन। पदको लाोभ लालसामा हरेक पार्टीमा दुई तीनबटा पार्टी अध्यक्षपनि बने यसबाट देशको राजनीति केवल पद,पवर,सत्ता, कुर्सी र विरासतकालागि नेपालमा खोलिएको पसल हो भन्ने प्रमाणित भएको अवश्था छ। अर्को प्रमाण सत्ता टिकाउन देश सम्म अमेरिकालाई दिएको प्रकरण यहाँ उजागर गर्न चाहे। तत्कालीन समयमा कमल थापाले MCC सम्झौताको खुलेर समर्थन गरेका थिए।
एउटा निष्ठावान राजनीतिज्ञ नव उदायमान भएका राजेन्द्रप्रसाद लिङ्गदेनबाट अब देशमा केही हुन्छ भन्ने आशा देशमा पलाएको थियो तर पार्टी कै अन्तरघात र पार्टीका केही जरोकिला गाढेका नेतृत्वबाट असहज र असहयोग भएको छ। प्रश्न मेरो रहन्छ कि पुरानाले के लाछारपाटो लगाए त के यिनीहरूले हिन्दु राष्ट्र कामय गरे ,धर्मनिरपेक्षता खारेज गरे, राजा र राजसंस्था स्थापित गरे वहीहातको वकवास मात्र भएको छ। विज्ञ योग्य मानिसको न कदर छ न सम्मान न यिनीहरूले सम्मान लिन जानेका छन न दिन यस्तो निरंकुश शैलीबाट न पार्टी रूपान्तर हुन्छ न राजेन्द्रप्रसाद लिङ्गदेनले साथ पाउछन।
पार्टीको केन्द्रीय कार्यालयको सभाहलमा महिलाको लडाइ लुछाचुडीबाट यो अनिष्टको संकेत देखिएको छ। जुन पार्टीमा अनुशासन र लगाम हुदैन त्यहाँ त्यस्तै हुन्छ जो हाल भईरहेको छ। स्थानीय निर्वाचनमा स्वयं राष्ट्रिय प्रजातन्त्र पार्टीका बहुसंख्यक सदस्यहरूले आफ्नो पार्टीमा भोट नदिएर अन्य पार्टीमा मतदान पनि गरेका थिए।
पार्टीमा ठुलो अन्तरघात र पृथकतावादी निरंकुश तत्वको हावी रहेको छ भने पार्टी अध्यक्ष वर्तमान समयमा अल्पमतमा छन। विगतमा ५१ जना केन्द्रीय सदस्य मनोनीत गरे त्यसमा विधानतः पार्टी अध्यक्षले २५% मात्र केन्द्रीय सदस्य मनोनीत गर्न पाउँछन तर यसरी विधान विपरीत काम गरे भनेर पार्टीमा ठुलो मतभेद चलिरहेको छ। मनोनीत गरिएका व्यक्ति नातवाद, कृपावाद र अवसरवादनै हावी भएको पार्टी कै असन्तुष्ट व्यक्तिबाट छरपस्ट भएको छ।
केन्द्रमा एउटामात्र मानिस नियुक्ति गर्ने कुरा चलाएमा १० तिरबाट एक जनाकालागि सिफारिस आउँछ। पार्टीको भावी चुनावी रणनीति ,कार्य विभाजन, चुनावी तयारीमा देश दौडाहामा खासै माहोल देखिदैन।
सबै आ आफ्नो तौरतरिकाले आफ्नो रोटी सेकिरहेका छन। नयाँ र पुरानाको विवाद त छ नै कमल थापाले पाँसो थाप्न र यति सम्म कि राजेन्द्र लिङ्गदेनलाई पदमुक्त सम्म गर्ने तनामान बुनेका छन। पुराना दिग्गज व्यक्तिपनि यो पार्टीलाई शक्तिशाली बनाएर लैजाने पक्षमा छैनन। यस्तो अवश्थाका कारण जनताले जुन आशा गरेका थिए त्यसो हुने अवश्था देखिदैन।
देशका ७७ बटै जिल्लामा विवाद नै विवाद छ। समायोजन भूमिका छैन। विगतमा राप्रपाबाट एउटामात्र उदाहरण दिउ मेयरकालागि ४ बटा स्वघोषित उमेदवार भएका थिए त्यो घटना सर्लाही जिल्ला हरिवन नगरपालिकाको हो।
जसको बहुमत छैन जो वैधानिक छैन त्यस्ता मानिस प्रदेश प्रमुख भएका छन। जसको कुनै हैसियत छैन आफ्नो पार्टीमा मतदान नगर्ने मानिस केन्द्रीय सदस्य भएका छन। यसका वारेमा पार्टीमा उजुरी परेको छ। यत्रतत्र सर्वत्र तछाड मछाड र भद्रगोल भएको छ। आफा आफै प्रदेश र प्रतिनिधि सभाको सदस्य घोषणा गरका छन।
यस्तो छाडा प्रवृत्ति र पात्रका कारण राष्ट्रिय प्रजातन्त्र पार्टी दिनानुदिन कमजोर भएको छ। नेताहरू बोल्छन एकथोक गर्छन अर्को थोक। ऐजेन्डा बोकेर पुग्दैन जनता माँझ गरिएको ऐजेन्डा र जनमुखी कार्यक्रम जनता समक्ष पुगेको छैन। यहाँ सम्म कि पार्टीको बिधान कुनै जिल्लामा पार्टीले दिन सकेको छैन।
अब यस्तो पाराले अध्यक्षले दुई चारवटा मानिस साथमा लिएर जसरी जनताको भिडबाट बहुमत आउला भन्ने छ यो दिवा सपना जस्तो हुनेछ। स्मरण रहोस स्थानीय निर्वाचनमा आमसभा जन लहर जति देखिएको थियोे त्यसै अनुरूप परिणाम आयो त ? यसरी भिड र भेलको भरोसा हुदैन। त्यही भएको छ।
अब देश बनाउने धर्म ,संस्कृति राजसंस्था स्थापित गर्ने नेपालमा हिन्दु राष्ट्र कामय गर्ने एउटा नारा भएको छ तर यसलाई कसरी स्थापित गर्ने विकल्प के हो थाहा छैन अब त विगतमा हिन्दु धर्म बेचेर खर्बौ खाए विदेशी दलाल नेपाली नेताले अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र फिर्ता गर्न देश तथा विदेशबाट आर्थिक संकलन अभियान शुरू गर्दैछ।
धर्म के किन बेच गर्ने बस्तु हो। धर्म त जन आश्था र सम्मान हो। नेपाल हिन्दु राष्ट्र बनाउन, धर्म निरपेक्ष हटाउन, राजा र राजसंस्था स्थापित गर्न त जनमतसंग्रह गर्नु पर्छ दुई तिहाइ बहुमत चाहिन्छ ।
यो विज्ञापन र व्यापार हो भने भन्नु केही छैन। कति सम्म लज्जास्पद निर्णय हिन्दु राष्ट्र स्थापना गर्न आर्थिक संकलन अभियान वाह ! कामकाज एकातिर कुम्लो बोकी ठिमी तिर हो भने मेरो भन्नु केही छैन यस्तो मानिषक दरिद्रता र अहंकारवादी र अवसरवादी चरित्र र पात्रबाट जनताले चाहे जस्तो हुन सक्दैन ।
भनिन्छ वाहिरी शत्रुलाई परास्त गर्ने क्षमता म मा छ तर घरका शत्रुलाई पराजित गर्न सक्दैन भनेको यहीँ हो। देश बनाउने र जोगाउने हो भने त्याग,समर्पणकासाथ एक भएर अगाडि बढनुहोस होइन भने यो पार्टीको ५ बटा सिट पनि आउदैन किनभने जनताको चहाना र भावना सबैले बुझेर प्रमाणित पनि गरिसकेका छन। यस्तै हो भने बहुमतमा स्वतन्त्र उमेदवार विजयी हुने निश्चित छ र हुनु पनि पर्छ जुनसुकै पार्टीको किन नहोस सम्मान हुन जरुरी छ।
पार्टीले ऐमाले पार्टी अध्यक्षसंग चुनावी तालमेल गर्दैछ। २० सिटको माग छ राप्रपाको ऐमालेसंग यसमा गठबन्धन ठग बन्धन, स्वतन्त्र उमेदवार , राष्ट्रिय स्वतन्त्र पार्टी समर्थक हरूले हात बाँधेर बस्छन र ऐमालेले राप्रपालाई २० सिट दिन्छ। यो कस्तो निर्णय हो राष्ट्रिय प्रजातन्त्र पार्टीले ऐमालेसंग गठबन्धन गर्नु भनेको किन ऐमालेमा विलय भए भइ हाले भइगो नि ! यो जनमान्य छैन। राष्ट्रिय प्रजातन्त्र पार्टीको आमसभा होस वा भेला त्यो भेलामा देखिएका जनशक्ति ५% पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा मतदान गर्ने जनसंख्या होइन।
भाईफुटे गवार लुटे जातिय विभेद र आफन्तवाद र पैसावादको राजनीति नेपालमा चल्दैन। हो सधै स्वार्थको राजनीति गर्ने हो विगत जस्तै एक दुईबटा सिट ल्याउने हो सरकारमा जाने हो मिलोमतो गर्ने हो र पुनस्थापित परिस्थितिलाई अबलम्बन गर्ने हो भने हाम्रो भन्नु केही छैन। मात्र भन्ने हो भीरबाट लडने गोरूलाई काँध थाप्न सकिदैन राम राम मात्र भन्ने हो।
राष्ट्रिय प्रजातन्त्र पार्टीमा ७ धारमा विभक्त छ। आ आफ्नो डम्बरू बजाएका छन। पुरातन शैली नै छ। सार्वजनिक सभाहलमा दक्षिण पट्टिको सोफासेटमा बस्न पाइदैन ३/५ बटा गद्दी सोफा छन। यस्तो सामान्ती संस्कारबाट राप्रपाले के परिवर्तन गर्ला ? यो कुनै नयाँ नौलो पार्टी त होइन यो पार्टीले विगतमा राष्ट्रघात र भ्रष्टाचार नगरेका स्वच्छ छवि भएका देशप्रेमी नै हुन भन्न सक्ने अवश्था छैन।
सर्व धनाढ्य राजनीतिका शिखर पुरूष पशुपतिशमशेर , विद्वान विज्ञ प्रकाश चन्द्र लोहनी , डाँ. राजनीतिज्ञ, धवल शमशेर जवरा , पुर्व मन्त्री निरञ्जन थापा, स्वच्छ छवि भएका संस्थापनका सम्मानित पुर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, पुर्व अनुभवी वरिष्ठ नेता तथा पुर्व मन्त्री बुद्धमान तामाङ, प्रभावशाली नेतृत्व बिक्रम पान्डेय लगायतका दिग्गज नेतृत्व रोटी सेकेर बस्ने कि रोटीमा यसो घ्यू स्याउ हालेर मिलाएर जाने हो । देशले श्राप्ला समय मै बिचार गरौ। रिमोट कहाँ छ त्यो पनि थाहा छ।
हो देशका नयाँ नेतृत्व राजेन्द्रप्रसाद लिङ्गदेन आएका हुँदा विगतका हस्तीहरूले राजेन्द्रलाई स्वीकार नगरेको पुष्टि भएको छ। हामीले मन,वचन र कर्मले लिङ्गदेनलाई समर्थन गरेका हौ। आफ्नो पार्टी भित्र नै पार्टीका महान शिखर पुरूषहरूले निर्वाचित नेतृत्व स्वीकार्न तयार छैन खाली गुट,उपगुट, फुट, नियुक्ति ,आफन्तवाद, जातिवाद,अवसरवाद, सामान्तवाद, अतिवाद, उग्रवाद, पैसावाद, खुट्टा मात्र होइन हातपात पनि लतारवाद, चाकडीवाद, फिरियावाद, तानाशाहवाद,अधिनायकवाद लडाउवाद र व्यक्तिवाद हावी छ।
जसरी लिङ्गदेनलाई जनता र हामीले सहयोग र समर्थन गरेका छौ त्यसो त्यही पार्टीका महामहिमहरूले गरेका छैनन। राष्ट्रिय प्रजातन्त्र पार्टीमा सबै एक भएर अगाडि बढेमा केही होला तर यो लडाइँले देश र जनताकै लज्जास्पद ईतिहास रच्ने छ। समय छ चेतना आएमा राम्रो न आएमा दुषित राजनीतिले पारेछ दिमागमा नराम्रो भनेर चित्त बुझाउला।
हरेक पार्टीका समर्थकहरूले पार्टी र नेतृत्वपंक्तिबाट गरिने पार्टीगत विकृतिको जवरजस्त तौरतरिकाले प्रतिवाद र सही तरीकाले सचेत गराउने धारणा जब सम्म बन्दैन त्यो पार्टी र नेताले बाटो बिराउछ र देश र दुनियाँको हक हितमा काम गर्दैन तसर्थ सही मार्ग दर्शन गराउनु जिम्मेवार नागरिकको कर्तव्य हो। गठबन्धन गर्नु समाप्तिको बाटो रोज्नु हो। ऐमाले पार्टी र।विधानसंग हाम्रो कुनै आग्रह र पुर्वाग्रह होइन। गठबन्धन र हालका ठग बन्धनमा के फरक रह्यो ऐमाले अध्यक्ष खडग प्रसाद अोली यति खतरनाक अौजार हो जुन अौजार जतिखेर जहाँपनि प्रहार गर्न सक्छन। राप्रपाले ऐमालेसंग गठबन्धन गर्नु तालमेल गर्नु भनेको गोमन सर्पको प्वालमा हात हाल्नु हो।
अर्को महत्त्वपूर्ण प्रमाण यो छ कि राप्रपाबाट छुट्टिएर राप्रपा नेपाल पार्टीमा सामाहित भएका कमल थापाले के.पी. वलीसंग गठबन्धन गरिसके र राजेन्द्रप्रसाद लिङ्गदेनलाई हराउन तानामाना बुनी सके र उनले आफ्नो अभिव्यक्तिपनि जारी गरिसके कि अवको अवको प्रधानमन्त्री खडग प्रसाद वली यसरी राजनीतिको रणनीतिक ,कुटनैतिक र दुस्टनितिको स्षस्ट र छरपस्ट हुदाहुदै पनि तालमेल गर्छु भन्नु अदुरदर्सिताको उपज भएन र ! अर्को देशको सार्वभौमसत्ता दिल्लीमा लगेर १२ बुदे सम्झौता गरेर दिएको बिषयमा राप्रपा मौन हुनुमा राजनीतिज्ञ र जन नागरिकले अर्थपूर्ण रूपमा हेरिरहेका छन !! हो तालमेल गर्नु छ स्वतन्त्र उमेदवारहरू वा राष्ट्रिय स्वतन्त्र पार्टीसंग गठबन्धन गरेमा फलदायी हुन्छ। होइन भने माछो माछो भ्यागुतो मात्र हो।
यो अपाच्य बिष्लेषणबाट केही सकारात्मक सोचका साथ अगाडि बढेमा केही परिवर्तन संभव छ। हैन भने विचार तपाईंको सुझाव मेरो आलोचना नै सुझाव हो यो सत्य तर अपाच्य यथार्थ हो।
राजनीतिक बिष्लेषक कृष्ण प्रसाद शर्मा पन्थी।
जय मातृभूमि नेपाल।।