सुनको मूल्य वृद्धि, तोलामा कति?

स्थानीय बजारमा आज सुनको मूल्य पुनः बढेको छ। तोलामा ८५ हजार ६सय रुपैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ८६ हजार २ सय रुपैयाँ  मूल्य निर्धारण भएको छ।

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ६५ हजार १ सय ५० मा कारोवार भएकामा आजका लागि भने ८५ हजार ७ सय ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले बढेको छ। एक हजार २ सय५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २ सय७० मूल्य निर्धारण भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

सम्बन्धित समाचार

Back to top button