ह्वात्तै बढ्यो सुनको मूल्य,तोलामा कति पुग्यो? हेर्नुहोस् आजको मूल्य

एक सातामा सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्य १५ सय रुपैयाँले बढेको हो ।

अघिल्लो साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ७०० रुपैयाँ र तेजाबी सुनको प्रतितोला मूल्य ८९ हजार २५० रुपैयाँ कायम थियो ।

यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँ कायम छ ।

साताको आइतबार प्रतितोला एक हजार रुपैयाँ बढेर सुनको कारोबार सुरु भएको थियो ।

त्यसपछि साताका सोमबार र बिहीबार केही ओरालो लाग्नु बाहेक अन्य सबै कारोबार दिनमा सुनको मूल्य बढेको महासङ्घले जनाएको छ ।

यस्तै, यो साता चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ थियो ।

जुन, यो साताको शुक्रबार एक हजार १९५ रुपैयाँ कायम भएको छ ।

नेपालले दिगो विकासको लक्ष्य भेट्न वार्षिक ५ खर्ब ८५ अर्ब रुपैयाँ लगानी अपुग

दिगो विकास हासिल गर्ने नेपालको लक्ष्यमा वार्षिक औसत ५ खर्ब ८५ अर्ब रुपैयाँ लगानी अपुग देखिएको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार दिगो विकासको लक्ष्य हासिल गर्न ठूलो रकम अपुग देखिएको हो ।

नेपालले विश्वका १९३ मुलुकसँगै सन् २०३० सम्म दिगो विकास हासिल गर्ने लक्ष्य लिएको छ ।

त्यसका लागि प्रत्येक वर्ष २० खर्ब २५ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ ।

तर, आवश्यकताअनुसार लगानी रकम अपुग भएको प्रतिवेदनले देखाएको हो ।

प्रतिवेदनमा अपुग रकमको जोहो गर्न राजस्वका दायरा विस्तार गरेर थप राजस्व संकलन गर्ने, वैदेशिक सहायताको उच्चतम परिचालन गर्नेतर्फ अग्रसर हुनुपर्ने उल्लेख छ ।

र, समग्र वित्त नीति तर्जुमा गर्ने जिम्मा अर्थ मन्त्रालयको भएकाले यसको नेतृत्व अर्थले नै गर्नुपर्ने देखिएको छ ।

यस्तै, दिगो विकास लक्ष्य कार्यान्वयनका लागि नेपालले संयुक्त राष्ट्रसंघमा स्वैच्छिकरुपमा पेस गरेको २१८ सूचकमध्ये अधिकांश सूचकमा निर्धारण गरिएको लक्ष्यभन्दा न्यून प्रगति भएको देखिन्छ ।

नेपालले राष्ट्रिय समिक्षा प्रतिवेदन, २०२० तथा दिगो विकास लक्ष्य प्रगति मूल्यांकन प्रतिवेदन २०१९ बमोजिम राष्ट्रसंघमा उक्त सूचक उपलब्ध गराएको थियो ।

सन् २०३० मा दिगो विकासका लक्ष्य भेट्न सन् २०१९ सम्ममा दैनिक १.२५ अमेरिकी डलर भन्दा कम आर्जन गर्ने जनसंख्या १७ प्रतिशतमा सिमित राख्ने लक्ष्य मापन नै भएको छैन ।

प्रतिदिन १.९० अमेरिकी डलर आर्जन गर्ने जनसंख्या २८.५ प्रतिशतमा झार्ने लक्ष्य १५ प्रतिशतमा सिमित छ ।

यसैगरी, विश्व खाद्य सुरक्षा सूचकांकमा ५७ अंक प्राप्त गर्ने लक्ष्य लिएपनि ४६ अंकमात्र प्राप्त भएको तथा सामाजिक सुरक्षा खर्च १२.१ प्रतिशत हुने लक्ष्य भएकोमा ११.७ प्रतिशत लक्ष्य हासिल भएको देखिएको छ ।

यस्तै, नवीकरणीय उर्जामा जलविद्युतको जडित क्षमता २ हजार ३०१ मेगावाट पुर्याउने लक्ष्यमा हालसम्म १ हजार २५० मेगावाट पुगेको र यी लगायत अन्य धेरै सूचकांकमा नेपालको सुधार सन्तोषजनक नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button