
नाकाबन्दी लगाए सम्बन्ध पूरै विच्छेद हुने अमेरिकालाई रुसको चेतावनी
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन विवादलाई जोडेर नयाँ प्रतिबन्ध लगाइए अमेरिकासँगको सम्बन्ध टुट्न सक्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको टेलिफोन वार्तामा राष्ट्रपति पुटिनले नयाँ प्रतिबन्ध अमेरिकाका लागि नै प्रत्युत्पादक हुने बताए ।

रुसले युक्रेनमाथि हस्तक्षेप गरेको भन्दै वासिंगटनले मस्कोमाथि प्रतिबन्ध लगाउने बताइरहेका बेला पुटिनको चेतावनी आएको हो ।

रुसले युक्रेनसँगको पूर्वी सीमामा एक लाख भन्दाबढी फौज तैनाथ गरेको छ । सो फौज अ’ति’क्र’मण गर्न नभई आफ्नो नियमित अभ्यासका क्रममा तैनाथ गरिएको रुसको भनाई छ ।
युक्रेनमाथि हुने जुनकुनै हस्तक्षेपलाई अमेरिकाले अन्य साझेदार देशहरुसँग मिलेर प्रतिवाद गर्ने राष्ट्रपति बाइडेनले बताएका छन् । पुटिन र बाइडेनबीच शुक्रबार विहान टेलिफोन वार्ता भएको थियो ।
यो वार्ता एक महिनाको समयमा दुई राष्ट्रपतिबिच भएको दोस्रो हो ।
सबै सिस्टम ह्याक गर्ने धम्की दिएपछि काठमाडौमा हलचल, बैंकले सबै सिस्टम बन्द गर्यो
अपरिचित समूहले कुमारी बैंक लिमिटेडको सिष्टम ह्याक गर्ने चेतावनी दिएको छ ।
बैंकको सूचना प्रविधि शाखामा साउदी ग्रुप नाम गरेको इमेलबाट ह्याकरले सिष्टम ह्याक गर्ने चेतावनीसहितको इमेल आएको बैंकले जनाएको छ ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले ह्याक गर्ने धम्की आएपछि बैंकको सबै सिष्टम बन्द गरिएको जानकारी दिए। उनका अनुसार ह्याकरले चेतावनी दिनासाथ सिष्टम बन्द गरिएको थियो ।
आवश्यक परीक्षणपछि बैंकका सबै सिष्टम खोल्ने तयारी गरिएको छ ।
धम्की कहाँबाट आयो भन्ने विषयमा थप अध्ययन गरिरहेको बैंकले जनाएको छ । बैंकले आफ्नो फेसबुक पेजमा दिउँसो एक सूचना राख्दै केही समयका लागि बैंकका सबै सिष्टम बन्द रहेको जनाएको छ ।
धम्कीपछि बैंकले एटिएम कार्ड, मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङलगायतका सेवा बन्द गरेको छ ।
कुमारी बैंकमा आएको चेतावनीपछि सम्पूर्ण बैंकलाई सतर्कता अपनाउन आग्रह गरिएको नेपाल बैंकर्स सङ्घले जनाएको छ ।
सङ्घका अध्यक्ष अनिल उपाध्यायले अहिलेसम्म कुनै बैंकमा पनि समस्या नआएको जानकारी दिनुभयो । “हामीले सबैलाई सतर्कता अपनाउन आग्रह गरिसकेका छौँ, अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन”, उहाँले भन्नुभयो । यसअघि गत साउनमा राष्ट्रिय वाणिज्य बैंकलगायतका बैंकलाई समेत सिष्टम ह्याक गर्ने धम्की आएको थियो ।



