
फौजदारी कसुर तथा कार्यविधिसम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत
फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

बैठकमा उक्त प्रस्तावलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरे ।बैठकले सो प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको सभामुख सापकोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



