फेरि ह्वात्तै घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ? हेर्नुहोस् आजको मूल्य

पछिल्लो समय निरन्तर घट्दै गएको सुनको मूल्यमा बुधबार पनि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा झरेको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै एक हजार १९५ रुपैयाँमा झरेको छ । 


मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो । 


यता तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

सुनसरी प्रहरीले एक महिनामा पक्रियो २ सय ३८ फरार प्रतिवादी

सुनसरी प्रहरीले एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।  

महिना दिनको अवधिमा जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार २ सय ३८ जना फरार प्रतिवादी पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ५५ जना महिला र १ सय ८३ जना पुरुष रहेका छन् ।

विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीलाई पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक जस्ता घटनामा संलग्न व्यक्तिहरु छन् ।

त्यसैगरी कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा सजाय पाई फरार प्रतिवादी समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनले भने “एक महिनाको अवधिमा २ सय ३८ जना फरार प्रतिवादीहरु पक्राउ गरेका छौँ ।

जसमा ५५ जना महिला छन् भने १ सय ८३ जना पुरुष प्रतिवादी छन् ।

उनीहरु विभिन्न मुद्दामा ५ दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादीहरु हुन् ।

कर्तव्य ज्यान, डाका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग र भ्रष्टाचार जस्ता मुद्दामा संलग्नहरूलाई पक्राउ गरिएको हो ।”

प्रहरीले पक्राउ परेकाहरूबाट ९ लाख ३५ हजार ३ सय १९ रुपैंया जरिवाना असुल भएको जनाएको छ ।

प्रहरीले पक्राउ परेका सबैलाई अदालत बुझाएको जनाएको छ । सुनसरी प्रहरीका अनुसार जिल्लामा चार हजार २ सय जना फरार प्रतिवादी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button