गर्भवती नर्स जसले आफ्नो नजन्मिएको बच्चासँगै साढे तीन वर्षका बच्चा र श्रीमानलाई छोडेर सदाको लागि यो संसार छाडिन्, अन्तिम अवस्थामा रुदै रेकर्ड गराएको भिडियो भाइरल जसले सबैलाई रुवायो ! (भिडियो)

एजेन्सी । एक गर्भवती महिला जो सन्तानलाई जन्मदिन पुरै तयारी अवस्थामा थिइन् । एक छोरा थिए । श्रीमान र उनी दोस्रो सन्तानको आगमनको तयारीमा थिए ।

तर उनीहरुको जिवनमा नसोचेको घटना भयो । भारतमा फैलीएको महामारीले गर्भवती महिलाई पनि छोयो। उनी आफै स्वास्थ्यकर्मी पनि थिइन् । त्यसैले स्वास्थ्यका बारेमा पनि सचेत थिइन् ।

तर भाइरसले उनलाई पनि छोयो । लक्षण देखिएपछि उनी अस्पताल भर्ना भइन् । उनले अस्पताल भर्ना भएपछि एउटा भिडियो बनाइन् । अहिले त्यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

उनले निकै सन्देशपूर्ण कुरा रेकर्ड गराएकी छन् । यो भारतको घटना हो । उनले भनेकी छन्, ‘हेल्लो एभ्रिवान । मैले यो भिडियो निकै मुस्किलसँग बनाइरहेको छु ।

म तपाईहरु सबैलाई बताउन चाहन्छु कि कोरोनालाई हल्का नलिनुस् । निकै खराब लक्षण छ । म राम्रोसँग बोल्न पनि सकिरहेकी छैन । तर आफ्नो सन्देश सबै समक्ष पुर्याउन चाहन्छु । कृपया बाहिर निस्किएका बेला, मानिसहरुसँग कुराकानी गर्दा, जहिले पनि मास्क लगाउनुस् ।’

यी कुरा दिल्लीकी ती महिलाले आफ्नो अन्तिम भिडियोमा भनेकी हुन् । यी महिलाले कोरोनाको ल डा इँ हारिसकेकी छिन् । तर, आफ्नो अन्तिम भिडियोमा उनले मानिसहरुलाई सम्हालिएर बस्न आग्रह गरेकी छिन् ।

उनका पति रविचावलाले आफ्नी श्रीमती र नजन्मिएको शिशुको मृत्यु भएको जानकारीसहित यो भिडियो सन्देश ट्वीटरमा पोस्ट गरेका छन् ।

यी महिलाको नाम दीपिका हो । ११ अप्रिलमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । १७ अप्रिलमा उनले यो भिडियो रेकर्ड गराएकी हुन् । त्यतिबेला उनको स्वास्थ्य बिग्रँदै थियो ।

अन्त्य, २६ अप्रिलमा कोरोनाबाट हार खाएर संसार छाडिन् । दीपिका आफ्ना साढे तीन वर्षका छोरा र पतिलाई छाडेर बिदा भएकी हुन् । दीपिकाका पति रविले ९ मेइमा यो भिडियो ट्वीटरमा शेयर गरेका हुन् ।

जहाँ उनले लेखेका छन्, ‘उनी पुरै तरिकाले मातृत्वका लागि समर्पित थिइन् र आफ्नो नजन्मिएको बच्चासँगै स्वर्ग गइन् । र, साढे तीन वर्षका बच्चालाई छाडेर गइन्, ह्याम्पि मदर्स डे दीपिका ।’

यो पनि,,,,बुवाको निधन भएको भोलिपल्ट पूर्व बैंकर निरज श्रेष्ठको कोरोना संक्रमणका कारण निधन, श्रेष्ठको निधनले बैंकिङ क्षेत्रलाई ठूलो क्षति पुग्ने

करोना संक्रमणको कारण पूर्ब बैंकर निरज श्रेष्ठको निधन भएको छ। केहि समय अघि कोराना संक्रमण देखिएको उनको बुधबार बिहान ११ बजे अस्पतालमा निधन भएको हो।

श्रेष्ठ माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतसमेत भएका थिए। त्यसपछि उनी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत समेत नियुक्त भएको भएपनि बोर्डमा वि’वाद भएपछि उनले त्यहाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेनन्।

तात्कालीन ग्रीनलेज बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका उनले ग्लोबल आइएमई बैंक र एनआईसी एसिया बैंकमा पनि काम गरेका थिए। उनले एक दिन अघि मात्र बुवालाइ पनि काेभिडकै कारण गुमाएका थिए ।

श्रेष्ठका श्रीमती र एक छोरी छन् । हाल दिल्लीमा रहेका श्रीमती र छोरी निधनको खबर लगत्तै आजै काठमाडौं आइपुग्ने बताइएको छ ।

इमान्दार र कुशल बैंकरको छवी बनाएका श्रेष्ठको निधनले बैंकिङ क्षेत्रलाई ठूलो क्षति पुगेको बैंकरहरुले बताएका छन् । माछापुच्छ्रे बैंकका पूर्व सीईओ तथा अहिलेका सनराइज बैंकका सीईओ सुमन शर्माले श्रेष्ठको निधनले बैंकिङ क्षेत्रलाई ठूलो क्षति पुग्ने बताए ।

बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकिङ क्षेत्रले एउटा अव्वल बैंकर गुमाएको बताए । ‘वहाँ रियलमा मृदुभाषी एकदमै प्रोफेशनल बैंकर हो’ अध्यक्ष दाहाले भने, ‘कसैलाई नबिझाउने, आफ्नो काममा ध्यान दिने स्वभावको हुनुहुन्थ्यो, वहाँको निधनले वास्तवमै बैंकिङ क्षेत्रलाई ठूलो क्षति पुर्याएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button