सात वर्षकी बालिकाले जिमखानामा ८० किलो तौल उठाएपछि……यसरी भईन विश्वभर चर्चित (भिडियो हेर्नुहोस्)

सात वर्षका बालबालिका आफ्नो विद्यालयको झोला समेत बोक्न सक्दैनन् । यस उमेरका अधिकांश बच्चाका अभिभावक छोरोछोरीको ब्याक बोकेर कतिले त छोराछोरीलाई नै बोकेर विद्यालयसम्म पुर्याउने गर्छन् ।

तर क्यानडाकी रोरी भ्यान नामकी एक सात वर्षीया बालिका वेटलिफ्टिङ खेल्छिन् । उनी भर्खरै मात्र यूएसए अण्डर ११ र अण्डर १३ यूथ नेशनल च्याम्पियन बनेकी छन् ।

निकै कडा मेहनेत गर्ने ती बालिका संसारकै शक्तिशाली बालिका हुन् । उनी ८० किलोको तौल सजिलै उठाउन सक्छिन् । उनले ६ वर्षको उमेरदेखि वेटलिफ्टिङ गरिरहेकी छन् ।

४ फिट अग्ली रोरीले २ वर्षअघि अर्थात् ५ वर्षको उमेरदेखि नै भारत्तोलनको तालिम लिन सुरु गरेकी थिइन् । यो २ वर्षमै उनले धेरैले कल्पना नै नगरेको कीर्तिमान कायम गरेकी छन् । उनले हालै अमेरिकी भारत्तोलन च्याम्पियनसीप अन्तरगत ३० केजीमुनिको समूहमा अण्डर ११ र अण्डर १३ दुवै उमेर समूहमा राष्ट्रिय च्याम्पियनको उपाधि जितिन् ।

रोरी भन्छिन्, ‘मलाई मजबूत बन्न मन पर्दछ, मैले जेसुकैका लागि प्रयास गर्दछु र त्यसमा सफलता पनि मिलिरहेको छ । यस क्रममा पहिले के भएको थियो र पछि के होला ? भन्ने कुरामा मेरो ध्यान जाँदैन । मैले केही पनि कुरा सोँच्दिन । मेरो दिमाग सफा राख्दछु र केवल आफ्नो काममा मात्र ध्यान राख्दछु ।’

रोरीका बुवा क्याभनले आफ्नी छोरी संसारकै सबैभन्दा बलियो बच्ची रहेको दाबी गर्दछन् । हाल ३ कक्षामा पढ्ने रोरी क्यानडाको राजधानी ओटावामा आफ्ना बुवाआमा तथा भाइसँग बस्छिन् । उनी हप्तामा ९ घण्टा तालिम गर्दछिन् ।

यो पनि,,,,,कोरोना संक्रमणबाट १२० नर्सको मृत्यु,कयौँ संक्रमित नर्स फेला, स्थिति भयाभह बन्दै

इरानमा सन् २०२० को फेब्रुअरीपछि कोभिड–१९ सङ्क्रमिणका कारण एक लाखभन्दा बढी नर्स सङ्क्रमित भएको इरानको नर्सिङ संगठनले मंगलबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । सङ्क्रमित नर्समध्ये १२० जनाको यो अवधिमा मृत्यु भएको पनि उक्त तथ्याङ्कमा उल्लेख छ ।

इरानमा कोभिड–१९ को महामारी पत्ता लागेपछि नर्सहरूले गरेको सेवाको संगठनका प्रमुख मोहम्मद मिर्जाबेगीले प्रशंसा गर्दै भन्नुभयो, “विश्वव्यापी महामारीका समय नर्सहरूले दिएको सेवाका कारण हजारौँ मानिसको जीवन सुरक्षित बनेको छ । बिरामीहरूको हेरचाह गर्न नर्सहरूले त्याग नगरी मुलुकमा संकटलाई नियन्त्रण गर्न नसकिने थियो । सङ्कटका समय नर्सहरूबाट पु¥याएको योगदानको राष्ट्रले उच्च कदर गर्नुपर्नेछ ।”

यो पनि, विभिन्न अस्पतालमा आठ सङ्क्रमितको मृत्यु
जिल्लाका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर अस्पतालमा मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ३८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएका उनमा २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ७ः०० बजे मृत्यु भएको हो ।

सोही अस्पतालमा उपचारका क्रममा सर्लाहीको लालबन्दी नगरपालिका–७ का ७३ वर्षीय सङ्क्रमित वृद्धाको मृत्यु भएको छ । निमोनिया र ज्वरोका कारण यही वैशाख २६ गते अस्पताल भर्ना भएकी उनमा २७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः४४ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

पुरानो मेडिकल कलेजमा उपचाररत बाराको निजगढका ६५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाका कारण यह िवैशाख २१ गते अस्पताल भर्ना भएकी उनमा २२ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान ४ः२६ बजे मृत्यु भएको हो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा भरतपुर–२४ की ५७ वर्षीया महिलाको मृत्यु भएको छ । निमोनियाका कारण उपचारका लागि यही वैशाख १३ गते अस्पताल भर्ना भएकी उनमा १४ को कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा आज बिहान ३ः५९ बजे मृत्यु भएको हो ।

सोही मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको दरबारदेवस्थल गाउँपालिका–७ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २५ गते अस्पतालमा भर्ना भएका उनमा सोही दिन कोभिड सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः३९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

नवलपरासी (वर्दघाट–सुस्ता पश्चिम) सुनौलका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाको समस्या भई यही वैशाख २४ गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज बिहान १ः५३ बजे मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा उपचाररत गुल्मी मुसिकोट गाउँपालिका–९ का ५७ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । निमोनियाको समस्या भई वैशाख २२ गते अस्पतालमा भर्ना भएका उनमा वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मङ्गलबार राति ११ः५ बजे मृत्यु भएको हो ।

पुरानो मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीको रेसुङ्गा नगरपालिकाका–७ का ६१ वर्षीय वृद्धको कोरोना सङ्क्रमितको मृत्यु भएको छ । निमोनियाका कारण वैशाख २४ गते अस्पताल भर्ना भएका उनमा २५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मङ्गलबार राति १०ः३० वजे मृत्यु भएको हो । मृतक सबैको शव व्यवस्थापनका लागि समन्वय भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button