एउटा यस्तो बिबाह जसले सारा संसारको ध्यान खिच्यो , १८ वर्ष अघि भएको यो अनौठो विवाह यस्तो थियो

तपाईंले डेस्टिनेसन वेडिङ, क्रुज वेडिङलगायत विभिन्न तरिकाले गरिने विवाहको बारेमा पक्कै सुन्नु भएको होला । तर, आजको दिन एक अनौठो विवाहको लागि सम्झिने गरिन्छ ।

सन् २००३ को अगस्त १० का दिन रुसका अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले इन्टरनेशनल स्पेस स्टेसनमा विवाह गरेका थिए । यस्तो गर्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् ।

सन् १९६२ अप्रिल १२ का दिन रुसका यूरी गागरिन अन्तरिक्षमा कदम राख्ने विश्वको पहिलो व्यक्ति बनेका थिए । गागरिनको यस उपलब्धिको वर्षगाँठमा सन् २००३ मा एक पार्टी राखिएको थियो ।

त्यहीँ नै अन्तरिक्ष यात्री यूरी मालेन्चेङ्कोले अन्तिम पटक आफ्नी प्रेमिका कटरिना दमित्रिएवलाई भटेका थिए । अप्रिल २००३ मा रुसको एक्सपीडिसन–७ मिसन लञ्च गरिएको थियो । यस मिसनमा एडवर्ड लूका साथ मालेन्चेङ्को अन्तरिक्षमा गए ।

यस पूरा मिसनको कमान्ड उनकै हातमा थियो ।

यो मिसन अगस्तको पहिलो हप्ता पुरा हुनुपर्ने थियो । मिसनबाट फर्कने बित्तिकै उनले विवाह गर्ने योजना बनाएका थिए । मिसनमा जान अघि विवाहको मिति १० अगस्तमा तय गरिएको थियो । तर, पछि उनको मिसनको समय अक्टुबरसम्म थप गरियो ।

विवाहको तयारी पहिले नै गरिसकिएको थियो । त्यसैले यूरी मालेन्चेङ्कोले अन्तरिक्षबाट नै आफ्नो प्रेमिकासँग विवाह गर्ने फैसला गरे ।

तर, यसमा कानुनी अड्चन थियो । रुसमा कानुनी रुपमा विवाह गर्नका लागि दुलहा–दुलही भौतिकरुपमा उपस्थित हुन जरुरी थियो ।

त्यसैले रुसमा उनीहरू विवाह गर्न सक्दैन थिए । तर, कटरिना लामो समयदेखि अमेरिकाको टेक्सासमा बस्दै आएकी थिइन् ।

टेक्सासमा भने विवाहका लागि दुलहा–दुलहीलाई एकै साथ उपस्थित हुन जरुरी थिएन ।

रुस र अमेरिकाका अन्तरिक्ष एजेन्सीले पनि विवाहमा आपत्ति जनाए । नासाले इन्टरनेसनल स्पेस स्टेसनको प्रयोग निजी कामको लागि प्रयोग गर्न नसकिने बतायो । तर यति बेलासम्म यो खबर मिडियामा फैलिसकेको थियो ।

यो विवाहलाई लिएर मानिसहरू निकै उत्साहित थिए । अन्ततः नासाले पनि यसका लागि सहमति दिन बाध्य भयो ।

त्यसपछि विवाहको तयारी सुरु भयो । भिडियो कलबाट विवाहको विधि पुरा गर्ने भनियो । मालेन्चेङ्को विवाहमा उपस्थित हुन नसक्ने भएपछि उनको शरीरको आकारको कटआउट बनाइयो ।

कटरिनाले यही कटआउटसँग सबै विधि पुरा गरिन् । २५ मिनेटसम्म भिडियो कल चलेको थियो । कटरिनाले सेतो रङ्गको सुन्दर गाउन लगाएकी थिइन् । यूरीले आफ्नो स्पेस सुटमाथि टाई लगाएका थिए ।

यसरी अन्तरिक्षमा विश्वको पहिलो र अन्तिम विवाह सम्पन्न भयो । अन्तिम यसकारण कि यसपछि अन्तरिक्ष एजेन्सीले इन्टरनेसनल स्पेस स्टेसनको प्रयोग विवाह वा निजी कामको लागि प्रयोग गर्नबाट रोक लगायो ।

२६ करोड रुपैयाँको औषधि असफल, उपचारपछि पनि ११ महिनाकी बालिकाको मृ त्यु

संसारकै सबैभन्दा महंगो २६ करोड रुपैयाँ मूल्य पर्ने औषधिले पनि ११ महिनाकी बालिकालाई बचाउन सकेन ।

यी बालिकालाई यो अत्यन्तै महंगो पर्ने औषधिको सुई लगाइएको थियो तर यी बालिका वेदिका शिन्देको मृत्यु भएको छ ।

आइतबार राती सास फेर्न समस्या भएपछि उनलाई पुणेको एक अस्पतालमा भर्ना गरिएको थियो । अबेर राती उनको मृत्यु भएको छ ।

महाराष्ट्रको पिंपरी चिंचवाडका सौरभ शिन्देकी छोरी वेदिकालाई स्पाइनल मस्कुलर एट्रफी (एसएमए) नामको जेनेटिक स्वास्थ्य समस्या थियो ।

उनको उपचारको लागि उनका मातापिताले क्राउडफण्डिङमार्फत हजारौं जनाबाट सहयोग उठाएर २६ करोड रुपैयाँ जम्मा गरेर अमेरिकाबाट जोलगेन्स्मा नामको इन्जेक्सन मगाएका थिए ।

यो रोगको यही अन्तिम उपचार मानिन्छ ।

वेदिकालाई जुन महिनामा यो इन्जेक्सन लगाइएको थियो । त्यसपछि पूरै परिवार निकै खुसी थिए र वेदिकाको कहानी सामाजिक संजालमा निकै भाइरल भइरहेको थियो ।

तर, यो खुसी धेरै दिन टिक्न सकेन र वेदिकाले आइतबार संसारबाट विदा लिइन् ।

वेदिकाको यसरी मृत्यु भएपछि परिवार र उनलाई सहयोग गर्नेहरु शोकमा छन् । यति महंगो औषधि दिइसकेपछि पनि वेदिकाको मृत्यु कसरी भयो भन्ने विषयमा मानिसहरु प्रश्न उठाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button