
महिलाहरुलाई घरभित्रै बस्न तालिबानको उर्दी, भने – सम्मान गर्न जानेका छैनौं
अफगानिस्तानको सत्ता क’ब्जा गरेको समूह तालिबानले महिलाहरुलाई घरभित्रै बसेर काम गर्न उर्दी जारी गरेका छन् । तालिबानी समूहले महिलाहरुलाई सम्मान गर्ने नजानेको उल्लेख गर्दै घरबाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

वर्तमान तालिबान शासनमा महिलाहरु सुरक्षित छैनन् भन्ने स्वीकार गर्दै समूहले अफगान महिलाहरुलाई घरभित्रै बसेर काम गर्न निर्देशन दिएको हो ।

तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले एक पत्रकार सम्मेलनमा महिलाहरु आफ्नो सुरक्षाको लागी काममा नजान निर्देशन दिएका हुन् ।
अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुलाई विश्वास दिलाउने तालिबानी समूहको प्रयासलाई कमजोर पार्दै पछिल्लो समय सत्तामा रहेका बेला महिलाहरुप्रति बढी सं’वेद’नशी’ल हुनेसमेत उनले बताएका हुन् ।
मुजाहिदका अनुसार यो उपाय आवश्यक थियो किनकि तालिबान परिवर्तनशील छन् र प्रशिक्षित छैनन् । सन् १९९६ देखि सन् २००१ सम्म सत्तामा रहँदा उ’ग्रवा’दी समूहले महिलाहरुलाई कार्यस्थलमा समेत प्रतिबन्ध लगाउने नियम ल्याएको थियो ।
त्यस समय महिलाहरुलाई घर बाहिर निस्कन पनि प्रतिबन्ध लगाएको थियो भने सम्पूर्ण शरीर ढाक्न लुगा लगाउन बा’ध्य पारिएको थियो ।
विश्व बैंकले अफगानिस्तानमा आर्थिक सहायता रोकेपछि महिला सुरक्षाको चिन्ता र संयुक्त राष्ट्रसंघले तालिबानको कब्जापछि मानव अधिकार उल्ल्घंका घटनाहरुको पारदर्शी र शीघ्र छानबिनको आह्वान गरेका छन् ।
विदेशी सहायतामा निर्भर रहेको अफगानी अर्थव्यवस्थालाई चलायमान राख्नका लागि विदेशी सहायता गर्नेहरुलाई देखाउनका लागि उनीहरुले यस्तो प्रतिक्रिया दिएको बताइएको छ ।
तालिबानले आफ्नो नयाँ युग अझ मध्यम हुने आश्वासन दिएका छन् । तर तालिबान नेताहरुले महिलाहरुको अधिकार फिर्ता हुने ग्यारेन्टी दिन भने अस्वीकार गरेका छन् । धेरै महिलाहरुले हिं’सा’को सामना गरिसकेका छन् ।
तालिबानले अमेरिकालाई आफ्नो बाँकी सेना अर्को हप्तासम्म फिर्ता गरिसक्नसमेत चेतावनी दिएको छ ।
नसर्ने रोगको नियन्त्रणलाई तीब्र बनाऔं भन्दै डब्लूएचओले गर्यो यस्तो आग्रह
विश्व स्वास्थ्य संगठनले दक्षिणपूर्वी एसिया क्षेत्रका सदस्य राष्ट्रहरूलाई नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका एकवद्ध हुन आग्रह गरेको छ ।
यस क्षेत्रमा हुने मृत्यु मध्ये दुई तिहाईको ज्यान नसर्ने रोगका कारण गइरहेको डब्लूएचओले जनाएको छ ।
नसर्ने रोग नियन्त्रणका लागि दक्षिणपूर्वी एसियाका राष्ट्रहरूलाई थप जोड दिन डब्लूएचओले आग्रह गरेको छ ।
नसर्ने रोगले कोभिड–१९ को जोखिम बढाएको बैठकले निष्कर्ष निकालेको छ ।
‘कोभिड–१९ महामारीले नसर्ने रोगसहित बाँचिरहेका व्यक्तिहरूको संवेदनशीलतालाई थप उजागर गरिदिएको छ ।
गम्भीर रोग तथा मृत्युको जोखिम बढ्नुको अलावा, अत्यावश्यक सेवाहरू अवरुद्ध हुनाले नसर्ने रोगहरूको नियन्त्रणमा हासिल गरिएको प्रगति सुस्त भएका छन्’, दक्षिणपूर्वी एसिया क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंहले भनिन् ।
मुटु सम्बन्धी रोग, क्यान्सर, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग, मधुमेह, उच्च रक्तचाप जस्ता नसर्ने रोगहरूको नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने सिंहले बताइन् ।
सदस्य राष्ट्रहरूबीच आजको बैठकमा दिगो विकास २०३० का लक्ष्य हासिल गर्नका लागि नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका विषयमा छलफल भएको थियो ।
सदस्य राष्ट्रहरूले आँखा तथा मुखको एकीकृत स्वास्थ्य स्याहार र त्यसका लागि क्षेत्रीय कार्य योजना विकास गर्ने सम्बन्धमा पनि छलफल गरेका छन् । मुखको क्यान्सर सबैभन्दा बढी पाँच क्यान्सरमध्ये रहेको छ ।
यस क्षेत्रमा सन् १९९० र २०१५ को बीचमा अन्धोपन तथा मध्यमदेखि गम्भीर दृष्टि दोषको दर घटेको केही प्रमाणहरू छन् ।
तथापि, विश्वको औसतभन्दा यस क्षेत्रको दर उच्च रहँदै आएको छ । मोतिबिन्दुको प्रभावकारी शल्यक्रियाको दर लक्ष्यभन्दा कम रहेको छ ।
सन् २०२० मा गरिएको मुख सम्बन्धि स्वास्थ्य नीतिहरूको अवस्था विश्लेषणले केही प्रगतिभएको देखाएको भएता पनि सन् २०२५ का लक्ष्यहरू भेट्नका लागि अझ धेरै अन्तर विद्यमान रहेको देखाएको छ ।
यस क्षेत्रको एक चौथाइ वयस्क जनसंख्या उच्च रक्तचापबाट पीडित छ भने प्रत्येक १२ जना वयस्कमध्ये एकजनालाई मधुमेह छ । समितिको ७५औं बैठक सन् २०२२ सेटम्बरमा भुटानमा हुने निर्णय गरिएको छ ।
यही भदौ २२ गतेदेखि सुरु भएको बैठक आज सकिएको छ । बैठकमा दक्षिणपूर्वी एसिया क्षेत्रका नेपाल, भारत, भुटान, श्रीलंकासहित १० देशका स्वास्थ्यमन्त्रीहरू सहभागी रहेका थिए ।



