
आज आएर थाह भयो नेताले विगारेको देश होइन जनताले विगारेको देश रहेछ
देशको सच्चा राष्ट्रवादी एकमात्र शक्ति भनेको नेपालको शाहवंशीय राजा र राजसंस्था रहेको अनुसन्धान मुलक खोज!
देशको भूगोल , धर्म संस्कृति ,परम्परा ,संस्कार, सभ्यता, कुटनैतिक सम्बन्ध,देशको गरिमा ,महिमा, मान, सम्मान, इज्जत ,प्रतिष्ठा ,नेपाली पहिचान, बिकास , उन्नति ,सम्मृद्धि, नेपाली पन र पहिचान जोगाउन देशका राजाहरूको महत्त्वपुर्ण योगदान रहेको विगत वर्तमान र देशको ३१ बर्षको राजनीति र यति लामो समय सम्म देशको सत्ता कब्जा गरेका देशका पार्टीका नेता विदेशीका भरियाहरूले देशलाई खोक्रो बनाएको स्पष्ट देखियो।
देशका नेता पार्टीका बिशेषतः उच्च नेतृत्व सधैंव विदेशीका गुलामी बने विदेशीका भरिया बने भने यि विवेकहीन भरियाहरूले नेपाली जनतालाई सधैव आफ्ना भरिया,नोकर र दास बनाएर आज सम्म यसैको निरन्तरताको परिणाम हामीले भोग्दै छौ। यसमा महत्त्वपूर्ण कारण छ त्यो हो देशका नागरिकमा राजनीतिक चेतनाको ज्ञान र आफ्नो क्षमताको जानकारी नहुनु र यसका वारेमा हरेक पार्टीका नेतृत्वले जनतालाई दिई रहेका कुसंस्कार , कुविचार, कुमार्ग, कुशासन, कुदृष्टि र कुकार्यको परिणाम हो।
देशका नेताले सधैंव जनाएको भाग्य र भविष्यमाथि खेलवाड गरिरहेका छन। देशलाई बेचिरहेका छन, नदीनाला भारतलाई विभिन्न वहानामा सुम्पिरहेका छन। अझै बिक्री गर्न भारतीय व्यापारी नरेन्द्र मोदी नेपाल आउदै छन। देशका कलकारखाना ,उद्योग व्यवसाय सबै बिक्री गरिरहेका छन। देशमा न विकाश भएको छ, न जनताले शुख पाएका छन। चारैतिर भ्रष्टाचार ,अन्याय, अत्याचार ,चरम विभेद, चरम भ्रष्टाचार ,दुराचार ,वेथिति र विसंगति चरम आफन्तवाद नातागोताको सरकार निर्माण गरेका छन।
नेपालमा विदेशी र विश्वकै फुडवल मैदान बनेको छ। वैदेशिक हस्तक्षेप बढेको छ। देशको सम्मान विश्व कै माँझबाट खस्केको छ। देशमा अन्तर्राष्ट्रिय आई.एन. जि. अो . व्याप्त रूपमा देशमा स्थापित मात्र नभएर संस्थापित भएका छन। नेपालको राजनीति न देशका नेतृत्वको हातमा भनौ विदेशीका गोठालोको हातमा छ न जनताको हातमा छ।
देशमा सरकार निर्माण समेत नेपालीले गर्न पाउदैन र विदेशीले पार्टीका नेता लाई खरिद गरेर विदेशी अनकुल राज्यको शासन व्यवस्था चलेको छ। देशको प्रधानमन्त्री र सरकार निर्माणमा CIA RAW र युरोपेली युनियनको निर्दशनमा देशमा सरकार बज्छ ढल्न र हाल विदेशीले वनाइ दिएकोमा देशको सरकार चलिरहेको छ। देशको सनातन धर्म बेचिएको छ। नेपाली इतिहास समेत समाप्त पारिएको छ। देशको सनातन धर्म र संस्कृतिको व्यापार भएको छ।
देशका हजारौं हजार भ्रष्टाचारका कान्डै कान्ड भएका छन। देशका राजा र राजपरिवार समेतको हत्या भएको छ। देशमा राष्ट्रवादी महान नेता मदन भन्डारीको हत्या समेत गरिएको छ। देशमा विगत ३१ बर्षमा देशका प्रजातान्त्रिक नेतृत्व भनिएका देशका दलालहरूले कोशी,गन्डक,टनकपुर,कोशी,महाकाली हालै आएर MCC जस्तो राष्ट्रघाती सन्धि सम्झौता गरेर देश अमेरिकालाई जिम्मा दिएका छन। यति हुँदाहुँदैपनि यिनै राष्ट्रघाती देशद्रोही, विखन्डनकारीहरूलानै जनताले तिनकै पार्टीका झन्डा बोकेर कुकुरले जस्तो मासुको हड्डी खोकेर मासु भात र रक्सीमा देश अझै समाप्त पार्न स्वय केही जनता लागेको देखिएको छ। यस्तै राष्ट्रिय अपराधीहरूलाई भोट दिएको देख्दा त नेता होइन जनतानै देश बिकासका बाधक भएको वर्तमानमा राजनीति र यो स्थानीय चुनावी महल मतबाट छर्लङ्ग भएको स्पष्ट बुझिन्छ !
देशको माया राजा र राजसंस्थालाई छ। राजाको पालामा देशमा केवल १० बर्षमा देश विश्वकै बिकसित। राष्ट्रको रूपान्तर मात्र होइन विश्वलाई सहयोग गर्ने देशका रूपमा राजा महेन्द्रले स्थापित गरेको इतिहास साक्षी छ। राजा महेन्द्रले संयुक्त राष्ट्रसंघमा नेपाललाई देशको रूपमा स्थापित गरे। सारा देशमा कलकारखाना ,विद्यालय, विश्वविद्यालय , अस्पताल ,कलेज, ७५ जिल्लामा अस्पताल , ओद्योगिक क्षेक्ष ५ बिकाश क्षेत्र बिकाशका पञ्चबर्षिय योजना वाटोघाटो, ट्रली बस, संसद भवन, प्रज्ञाप्रतिष्ठान अनगिन्ती बिकासका खाका कोरे। संयुक्त राष्ट्रसंघको बडापत्रमा पंचशीलका विश्व शान्तिका सुत्र समाहित गर्न सफल भए।
नेपालका राजा वास्तवमा विश्व कै सम्राटको रूपमा सम्मानित थिए राजा महेन्द्र देशका राजा मात्र नभए विश्व कै अग्रगामी ,बिकाशप्रेमी राष्ट्रभक्त राजा हुन उनी राजामात्र नभए विश्वकै राजनितीज्ञ र एउटा दार्शनिक ,ईन्जिनियर र वैज्ञानिक नै हुन भने राजा वीरेन्द्र देशभक्त र स्वाभिमानी राजा हुन। उनले देशलाई बचाउन राष्ट्रियता बचाउन विदेशीसंग सम्झौता नगरेकै कारण मृत्यु स्वीकार गरे तर भुटानी करण सवीकार गरेर र देशलाई सिक्किमीकरण हुन बाट देशलाई जोगाउने जनपृय राजाको रूपमा देश विदेशमा देशको मान र सान वढाए कुरान र गिता सबै धर्मलाई सम्मान गर्ने बुद्ध जन्मेको देश शान्ति क्षेत्र नेपाल हुनु पर्छ भनेर शान्तिको अभियान नै चलाए यस्ता महान राजाबाट सम्मानित भएको देश। बडामहाराजाधिराज पृथ्वीनारायण शाहले एकीकरण गरेर नेपाल बनाएको देश, वीरभद्र, शुकराज , दशरथ चन्द र धर्मभक्त जस्ता सहिदले वीरता र देशकालागि जीवन न रोजेर मृत्यु रोजेको देश भीमसेन थापा, राम शाह र वहादुर शाहले २०० बर्ष सम्म वीरताको गाँथा अंग्रेजसंग लडेर पानी पनि नखाई वीर पुर्खाले बचाएको देशलाई यी विदेशी भरौटे नेताले सब थोक समाप्त पारे।
सत्ता,पवर, पैसाकालागि यस्तो वीरताको इतिहास बोकेको देशलाई सात खन्डपारी क्रमश बिक्री गर्दै छन भने जनताको यति धेरै बिरोध र आन्दोलनका बाबजुद MCC जस्तो खतरनाक सम्झौता सदनबाट पास गरेर पैसा खाएर देशलाई बेच्ने नेतालाई र यस्ता राष्ट्रघाती पार्टीलाई भोट दिएर यस्ता अपराधीलाई समर्थन ,सहयोग र भोट दिनु भनेको त्यो देश बेच्ने अपराधमा सहभागी बन्नु होइन र ? देशका ५५% जनता यिनैका दास वनेका छन यस्तो स्थानीय जग बलियो बनाउने स्थानीय निर्वाचनमा यिनै झोले पार्टीका झन्डा बोकेर शीर्ष एकदिनकालागि एकछाक मासुभात दारू पैसामा देशको र।आफ्नो स्वाभिमान बिक्री गर्ने भेडा जनता नै यो देशको यो दुरावश्थामा पुर्याउने प्रमुख माध्यम रहेको स्पष्टता देखियो।
देशमा स्वतन्त्र उमेदवार र राजेन्द्रप्रसाद लिङ्गदेन समर्थन राष्ट्रिय प्रजातन्त्र पार्टीको मात्र राष्ट्र र राष्ट्रियताको सवालमा समर्थन नगरे देश रहदैन यसमा अवका दिनमा भावी प्रतिनिधि सभा निर्वाचनमा पाठ सिक्न र मत बदल्न नसके देशको सार्वभौमसत्ता ,राष्ट्रिय अखन्डता यिनै झोले पार्टीले समाप्त पार्नेछन। देशमा राजा ज्ञानेन्द्रलाई संवैधानिक राजा ,संवैधानिक राजसंस्था राजा सहितको प्रजातन्त्र देशमा आवश्यकता मात्र होइन अपरिहार्यता भएको छ। हालैको विगत ,वर्तमान र भविष्यको राजनीतिक समीक्षा गर्दा राजालाई राजा बन्नु छैन देशलाई राजा चाहिएको अवश्था हो। १८ महिने शासन कालमा राजा ज्ञानेन्द्रले विकाश र शान्तिकालागि महत्वपूर्ण काम गरेका हुन जहाँ जहा राम्रो काम हुन्थ्यो त्याहा विस्फोट र विनाश गर्थे र राजा र राजसंस्थालाई बदनाम गरेर जनतालाई भ्रममा पारेर राजाको मान मर्यादा समाप्त पार्ने यिनै झोले पार्टी हुन जनता होइनन। विदेशीले स्थापित गरेको यो महंगो संघीयता र यो गणतन्त्र देशमा फापेन अब देशका युवा जाग्नु पर्छ राजनितिमा लाग्नु पर्छ। यी पापी देशघातीलाई सम्पत्ति छानवीन गरिजेल हाल्नु पर्छ। देशको एकमात्र युवा नेता राजेन्द्रप्रसाद लिङदेनलाई देश बचाउन, धर्म संस्कृति र नेपाल बचाउन सारा नेपाली लाग्नु पर्छ ।
समय छ हामी जन नागरिक देशप्रति जिम्मेवार बनौ देशका खातिर यी पापिष्टहरूको कुकर्मको पछाडि लागेरराष्ट्रिय धर्म विपरित अधर्म नगरौ। देश विनाशमा जनता हामी नै दोषी छौ। नेपाल आमाको माटोको टीका लागएर प्रश्चित्तगरी देश बनाउने असल नेतालाई देशको सत्ता हस्तान्तरण गर्ने राष्ट्र निर्माण महा यज्ञमा सहकार्यकासाथ अगाडि बढौ जसरी विदेशमा रहनु हुने युवा तथा नागरिक जनमा जगि देशप्रति माया छ देशमा बस्नेमा छैन र अब यस्तो हुनु भएन। एक पटक आत्मसमीक्षा गरौ सबैले पार्टी होइन देशलाई पहिला रोजौ। सुझाव र प्रतिक्रिया दिन नभुलौ।
सुरक्षाविद, राजनीतिक बिष्लेषक कृष्णप्रसाद शर्मा पन्थी।
जय जननी । जय मातृभूमि।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
7
+1
2
+1
6
+1
+1
4
+1
2



