सस्तोमा आईफोन दिने भन्दै ठगी गर्ने गिरोहका नाईके पक्राउ

५ माघ, काठमाडौं महानगरीय प्रहरी परिसर, ललितपुरले एक करोड रुपैयाँ ठगी सकेको गिरोहको नेपाली नाइकेलाई समातेको छ ।

पक्राउ पर्नेमा पर्साको पकाहामैनपुर गाउँपालिका–४ का २८ वर्षीय अजय भन्ने प्रमोद साह छन् । उनी सामाजिक सञ्जालमार्फत नेपालमा ठगी धन्दा चलाउने एउटा गिरोहको मुख्य व्यक्ति भएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्य बताउँछिन् ।

‘विदेशी समूहसँग मिलेर नेपालीबाट लाखौं रुपैयाँ पठाउने कामको मुख्य नाइके नै अजय हुन्’, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बज्राचार्यले भनिन्, ‘उनले रकम लिन भने पर्साकै मेवालाल शाह तेलीको बैंक खाता प्रयोग गर्ने गरेका थिए ।’ अजयसँग सम्बन्ध देखिएपछि तेली पनि पक्राउ परेका छन् ।

दुवै जनाविरुद्ध ठगीसम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको बज्राचार्य बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button