
अब विमानस्थलमा टिकट नलिइ प्रवेश नपाइने, लाग्यो नयाँ नियम

केही व्यक्ति बिनाकाम विमानस्थलमा अनावश्यक प्रवेश गर्ने गरेकाले यस्तो नियम लागू गरेको विमानस्थलका महानिर्देशक भोला प्रसाद गुरागाईंले बताए । कतिपयले टिकट देखाएजस्तो गरी मोवाइलमा १० अंकको नम्बर मात्र देखाउने गरेको पनि उनले बताए । त्यसो गर्दा वास्तविक यात्रु हो वा होइन छुट्याउन कठिन भएको उनको भनाई छ ।
।’

साथमा डिजिटल टिकट भएको खण्डमा अथवा पीएनआर नम्बर मात्रै भएमा विमानस्थलमा नै टिकट प्रिन्ट गर्ने व्यवस्था पनि रहेको उनले जानकारी दिए ।
वायुसेवा कम्पनीहरू भने यो नियमले यात्रुलाई थप असहज बनाएको बताउँछन् । विमानस्थल जस्तो ठाउँ झनै प्रविधिमैत्री भएर पेपरलेस हुनुपर्नेमा प्रिन्टेड टिकट अनिवार्य हुदाँ यात्रुलाई सास्ती हुने वायुसेवा कम्पनीहरूको भनाइ छ । तर मोवाइलमा पिडिएफ टिकट देखाएपनि प्रवेश दिइने हुमागाइले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1



