काठमाडौंको बन्द कोठाभित्र ९ महिने गर्भवती आमा र ३ छोरीहरु भोकभोकै रुदै । ११ बर्षे छोरी घिटिघिटी गर्दै, शिशिर भण्डारी सहयोग लिएर पुगे (भिडियो हेर्नुस)

काठमाडौंको पेप्सिकोलाको एक साघुँरो कोठा भित्र कमला श्रेष्ठ उनको २ छोरी र एक छोरा बस्छन् । श्रीमान ज्यामी काम गर्दछन् । कोठाको एक कुनामा ११ बर्षकी छोरी सुस्मिता १० बर्षदेखि थलिएर बसेकी छिन्, दिशा पिसाब एकै ठाउँमा छ । हिड्न, बोल्न सक्दिन्नन् । कमलाको सानी छोरी ७ र अर्को छोरा २ बर्षको छन् ।

लकडाउनमा खानकै समस्या भएपछि कमलाले शिशिर भण्डारीलाई फोन गरिन्, शिशिरकेहि खाद्यान्न लिएर पुगे । अरुको छोरा छोरी हिडेर स्कुल जाँदा कमला धरधरी रुन्छिन्, आर्थिक अभावका कारण छोरीलाई डाक्टरले भने अनुसारको औषधी उपचार गर्न सकिएन्, सक्दो गर्दागर्दै सम्पत्रि सकियो, ऋणमा डुबियो ।

सानी छोरीले मिठो मिठो खान खोज्छिन्, पुराउन नसक्दा हामीलाई किन जन्माएको त आमा भन्छिन् । फेरी पनि ९ महिने गर्भवती रहेकी कमलाले समय समयमा झु ण्डे र म र्ने प्रयाश पनि गरिछिन् ।

श्रीमानको ज्यामी काम लकडाउनमा पनि रोकिएको छैन, काम नगरे सन्तान कसरी पाल्ने ? कान्छी छोरीको स्कुलको फि तिर्न नसक्दाको पिडा अर्को छ । घरभेटीको घरभाडा नतिरेको धेरै महिना भैसक्यो ।

यो परिवारको ठुाले पिडा देखेर शिशिर भण्डारीले आफुले सक्दो सहयोग गरे र धेरै कुरा सम्झाएर पनि आए । कमलालाई पैसा भैदिए छोरीको राम्रो उपचार गराउँथे भन्ने छ । अभावका बिच श्रीमान र श्रीमतीको झगडा परिरहन्छ ।

अर्को सन्तान पनि नचाहदा नचाहदै बस्यो । श्रीमानले फाँलु भन्छन् । कमला त्यो चाहदिनन् । भिडियो हेर्नुस

यो पनि,,,,,,दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट–४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।

बस सडकबाट २०० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँको माछापोखरीबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बासुदेव नेपालले जानकारी दिनुभयो ।

ज्यान गुमाउने मध्ये रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ बस्ने २७ वर्षीय कल्पना पुन र सिस्ने गाउँपालिका–४ बस्ने धनराज घर्तीको मात्र सनाखत भएको छ ।

बसमा अन्दाजी ५८ यात्रु रहेको र ती मध्ये ४९ घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय चिसापानी अस्पताल र सञ्जिवनी अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो । बसमा सवार पाँच जना सकुशल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button