
विदेश गएको श्रीमान नफर्केपछि नेपालमा पनि श्रीमती गाएब भईन, छोराछोरीको यस्तो बिजोग
छोरा साउदी अरव गएको ११ वर्ष भयो अहिले सम्म फर्केर आएको छैन । आमा घरमा बलिन्द्र धारा आँशु बगाउँदै भन्छिन्, मलाई धन पैसा केही चाहिएको छैन छोरा तिमी फर्केर आउ ।

तिमीहरु दुई भाई छोरा मेरा लागि दुई रत्न हुन् । दमौलीकी यि आमा विदेशमै बसेर घर नआएको हुँदा छोरालाई छिटै घर आउ भन्दै विलौना गरेकी छन् ।

गएको केही वर्ष पैसा पनि पठायो त्यती बेला सम्म राम्रै थियो । उनीहरु भारतमै बस्थे । छोराले साउदी जान्छु भनेपछि छोरालाई नेपाल गएर साउदी जा भनेर आफुहरुले नेपाल पठाएका थिए ।
नेपालमा आएर उनी आफ्नो मामाको सहयोगमा साउदी गएका थिए । मामाले साउदी उडाइदिएको थियो, तर कुन कम्पनी मार्फत पठाए भन्ने आमालाई थाहा छैन । ४ वर्ष यता उनले छोरा मदनको आवाज सुन्न पाएकी छैनन् ।
आमा तपाईलाई मोवाइल पनि किनिदिएको छु, म घर आउने तयारीमा छु भनेको छोराले फोन सम्पर्क नै गर्न छोडेपछि आमा निकै दुखी भएकी छन् । ४ वर्ष सम्म पनि छोरा नआएपछि उनी मिडियाको सहारा लिन पुगेको बताएकी छन् ।
यता गोरखाको पालुङ टारको यो घटना पनि निकै हृदयविदारक छ । बुवा साउदीमा छन् तर घरमा दुई छोराछोरी हुर्काएर बसेकी आमाले एक महिना अघि घर छोडेकी छन् ।
अहिले फुपुको संरक्षणमा बसेका दुई बालबालिका टुहुरा जस्ता भएका छन् । भाइवुहारी नै घरमा नभएका कारण जेठाजु उनीहरुको खोजीका लागि हिँडेका छन् । लिलमाया गुरुङ घरवाट हराएकी छन्, भाई लिलबहादुर साउदीमा छन् ।
चितवनको देवी चोकमा कसैको निम्ता मान्न जान्छु भनेर हिडेपछि उनी सम्पर्कमा आएकी छैनन् । तिम्रो छोराछोरीको निकै बेहाल भएको छ बुहारी तिमी आएर सम्हालेर राख हामीलाई कुनै गुनासो छैन ।
हामी तिमीलाई कहाँ गयौ भनेर पनि सोध्दैनौं जेठाजु भन्छन् । उनले साना छोराछोरीको लागि वुहारीको गल्ती पनि स्वीकार गर्ने बताएका छन् । भाई साउदीमा छ बुहारीले पनि छोडेर हिँडेपछि अहिले यि बालबालिका टुहुरा भएका छन् ।
यो पनि,,,घाटमा बुबाको दाहसंस्कार गर्दैगर्दा छोराको मृत्युको खबरले स न्नाटा छा यो …..
दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दा हसं स्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दा हसं स्कार गर्न थालिएको थियो ।
पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा बुबाको आइतबार मृत्यु भएको थियो । सोमबार बुबाको दा हसं स्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो ।
यद्यपि बुबाको मृत्युको खबर लक्ष्मणलाई भने दिइएको थिएन । आफूहरु बुबाको दाहसंस्कारका लागि घाटमा रहेकै बेला लक्ष्मणको पनि मृत्यु भएको खबर आएको स्थानीय पत्रकार प्रेमबहादुर राम्जाले बताए ।
कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु अस्पताल भर्ना भएको तर परीक्षणमा भने रिपोर्ट नेगेटिभ देखिएको थियो । यो खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।



