
दुबईमा बिजोक अवस्थामा रहेका युवकले रुँदै फोन गरे,पानि खान नपाएर मर्छु भन्दै सुनाए डरलाग्दो अवस्था (भिडियो सहित)
कोरोनाभारइस सङ्क्रमणको विश्वव्यापी महामारी रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशले लकडाउनजस्ता उपाय अवलम्बन गरेका छन्। त्यसले विश्वभरि अर्थतन्त्रमा प्रत्यक्ष तथा परोक्ष नकारात्मक प्रभाव पारेको छ।

आफू कार्यरत देशको अर्थतन्त्र प्रभावित भएकाले वैदेशिक श्रममा रहेका लाखौँ नेपालीहरूको रोजगारी गुम्ने अवस्था देखिएको भन्दै अधिकारी एवं विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

लाखौँ सङ्ख्यामा नेपालीहरू रहेका कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएई) जस्ता देश र दक्षिणपूर्वी एशियाको मलेशिया पनि अहिले समस्यामा छन्। त्यहाँ करार सम्झौता नवीकरण हुने अवस्थामा भएका तथा गैरकानुनी रूपमा रहेका धेरे नेपाली कामदारले अहिले नै आफूहरू समस्यामा परिसकेको गुनासो गर्न थालेका छन्।
यसै क्रममा भिजिट भिषामा रोजगारीका लागि लगिएका झापामा एक युवाको विजोग भएको छ।झापाकै सूर्य राजवंशीले राम्रो जागिर मिलाइदिन्छु भन्दै १ लाख ६० हजाररुपैयाँ लिएर स्थानीय युवा टेकबहादुर राजवंशीलाई दुबई पठाएका थिए।२ महिना रोजगारी गरेको रकमसमेत कम्पनीबाट नपाएपछि अहिले दुबईमा बेसाहारा बनेका छन्।
बैदेशिक रोजगार गएको ५ महिना वित्दासमेत एजेन्टले काम नमिलाईदिँदा यतिबेला विदेशी भूमीमा अलपत्र परेका छन्।उनलाई स्वदेश फर्काउनब माग गर्दा समेत सूर्य राजवंशीले आलटाल गरेको पीडित परिवारले आरोप लगाएको छ।
आखिर सत्य कुरा के हो ? कसरी यस्तो अवस्था आयो त यो परिवारमा ? विदेशबाट पिडितले रुँदै फोन गरेका छन ,तल भिडियोमा सबै जानकारी हेर्नुहोला।
बाँकी भिडियोमा हेर्नुहोस्
यो पनि,,,कोरोनाबाट रुपन्देही र बाँके बढी प्रभावित, आज नै १७ जना कोरोना सङ्क्रमितको मृत्यु
कोरोना भाइरस सङ्क्रमणबाट लुम्बिनी प्रदेशका रुपन्देही र बाँके सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाको प्रभाव बढेसँगै प्रदेशका अन्य जिल्लाका तुलनामा यी दुई जिल्लामा कोरोना सङ्क्रमित र मत्यु हुनेको सङ्ख्या बढी छ ।
मङ्गलबार साँझ ६ बजेदेखि अहिलेसम्म रुपन्देहीमा छ जना र बाँकेमा ११ गरी १७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार रुपन्देहीको तिलोत्तमाका दुई जना, बुटवल उपमहानगरपालिकाका दुई जना, सैनामैना नगरपालिका र पाल्पाको तानसेनका एक÷एक जना सङ्क्रमितको मृत्यु भएको हो । मृतहरुमध्ये एक महिला र अन्य पुरुष हुन् ।
उनीहरुमा ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशमा मङ्गलबार मात्रै ४६ जनाको मृत्यु भएको थियो ।
यो सँगै प्रदेशमा मृतकको सङ्ख्या ९०२ पुगेको छ । लुम्बिनी प्रदेशमा १८ हजार ६३ जना कोरोना सङ्क्रमित छन् भने ३७ हजार २७३ जना निको भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
बाँकेमा थप ११ सङ्क्रमितको मृत्यु
बाँकेका अस्पतालमा भर्ना भएका थप ११ जना सङ्क्रमितको गएराति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ जना र शिक्षण अस्पताल कोहलपुरमा पाँच जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका१६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका१ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका२ निवासी ३० वर्षीया महिला, कोहलपुर नगरपालिका१० निवासी ४५ वर्षीया महिला, कोहलपुर नगरपालिका११ निवासी ४१ वर्षीय पुरुष र कोहलपुर नगरपालिका१४ निवासी ६४ वर्षीय महिलाको पनि गएराति मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या जिल्ला भित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ पुगेको छ
आइसोलेशन ‘रिफर सेन्टर’ मात्रै
कोरोना सङ्क्रमितको उपचारका लागि दाङमा पालिकाले निर्माण गरेका आइसोलेशन कक्षमा उपकरण र जनशक्ति नहुँदा सदरमुकामका अस्पतालमा बिरामीको चाप धेरै भएको देखिन्छ ।
कतिपय पलिकामा अक्सिजनको व्यवस्था समेत छैन । स्थानीय पालिकाले १५ देखि २० शय्यासम्मको आइसोलेशन कक्ष निर्माण गरेका छन् तर ती ‘रिफर सेन्टर’ मात्रै भएका छन् ।
लमहीका एक महिलालाई एक्कासी अक्सिजन तह घटेको महसुश भयो । अघिल्लो दिनसम्म ठिकठाक भएको मान्छेलाई एक्कासी श्वासप्रश्वासमा समस्या आयो त्यसपछि उहाँलाई उपचारका लागि लमही अस्पताल लगियो ।
एन्टिजेन परीक्षण गर्दा कोरोना पोजेटिभ देखियो । बिरामीलाई व्यथाले च्याप्दै गयो, जिल्लामा कोरोनाको उपचारका लागि सघन उपचार कक्षमा शय्या पाइएन । त्यसपछि परिवारका सदस्यले रु पाँच लाख ९४ हजार हेलिकप्टर भाडा तिरेर पोखरा लगे ।
त्यहाँ पु¥याएको अर्को दिन ती महिलाको मृत्यु भयो । देउखुरी क्षेत्रका चार स्थानीय तह मिलेर लमहीमा २५ शय्याको कोरोना अस्पताल बनाएका छन् । पर्याप्त मात्रामा अक्सिजन नभएका कारण त्यहाँ आउने बिरामीलाई उपचार गर्न नसकिएको लमहीका नगरप्रमुख कुलबहादुर केसीले बताउनुभयो ।
बङ्गलाचुली गाउँपालिकाले २५ शय्याको आइसोलेसन सञ्चालनमा ल्याएको छ । गाउँपालिकामा जम्मा नौ सङ्क्रमितमध्ये दुई जना पालिका बाहिर उपचारका लागि जानुपर्ने अवस्था आयो ।
अन्य घरमै आइसोलेसनमा रहेका गाउँपालिका उपाध्यक्ष यमुना थापाले जानकारी दिनुभयो । अक्सिजनको अभावका कारण कोभिडका बिरामीलाई रिफर सेन्टर मात्रै भएको छ ।
गढवा गाउँपालिकाले पुरानो गाउँपालिकाको भवनमा निर्माण गरेको २० शय्याकोे आइसोलेशनमा पनि अक्सिजन र दक्ष जनशक्तिको अभाव छ । सेवा दिन सक्ने अवस्था नभएपछि सामान्य बाहेकका बिरामीलाई पठाउने गरेको गढवा स्वास्थ्य शाखा प्रमुख कैलाशचन्द्र चौधरीले बताउनुभयो ।
राजपुर बबई दङ्गीशरण पश्चिम दाङको शान्तिनगर गाउँपालिकाले निर्माण गरेको आइसोलेशनमा पनि पर्याप्त अक्सिजन र जनशक्ति छैन । तुलसीपुर र घोराही उपमहानगरपालिकाले बनाएका अन्य आइसोलेशनमा पनि अक्सिजन अभावका कारण बिरामीकोे उपचारमा समस्या भएको छ ।



