मोटरसाइकलमा रेनकोटको पा सो लाग्यो युवकको निधन

काठमाडौ । सोलुखुम्बुमा अनौठो घटनामा एक युवकको निधन भएको छ । मोटरसाइकलमा आफ्नै रेनकोट पा सो लागेर एक युवकको निधन भएको हो ।

शनिबार साँझ घरबाट सल्लेरीतर्फ जाने क्रममा माप्यदूधकोशी गाउँपालिका(५ कागतेमा सोही गाउँपालिका(२ का ३० वर्षीय सुमन राईको ज्यान गएको हो।

बा५४प७८२९ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार राईको आफैँले ओढेको रेनकोट टायरमा बेरिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) कवित कटवालले बताए।

उनका अनुसार मृ त क सुमनको घाँ टीमा रेनकोटले बेरिएको दाग देखिएको छ भने शरीरका अन्य भागमा कुनै चो ट छैन।

वर्षातको पानी छल्न प्रयोग गरिने रेनकोट मोटरसाइकल तथा स्कुटरको चेन तथा टायरमा बेरिँदा दुर्घटना हुने गरेको उनको भनाइ छ।

कतिपय ठाउँमा महिलाहरुले लगाएको सारी र सल सवारी साधनको चेन तथा टायरमा बेरिँदा पनि थुप्रै दुर्घटनाहरु भएको उदाहरण रहेको भन्दै डिएसपी कटवालले सवारी चलाउँदा तथा यात्रा गर्दा यस्ता कुराहरुमा ध्यान दिन सुझाव दिए।

ओलीकै जिल्लाा झापामा पहिरो, जिल्ला कमिटीनै माधव नेपालको पार्टीमा

नेकपा एमाले विभाजन भएपछि त्यसको असर जिल्लामा पर्न थालेको छ । माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेका नेताहरुले आफ्नो कित्ता क्लियर गर्न थालेका छन् ।

कतिपय जिल्लामा नसोचेको परिणाम देखिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा पार्टी कमिटिमा पहिरो गएको छ ।

नेकपा एमाले झापा माधवकुमार नेपालले हालै गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ ।

ओलीको गृह जिल्लामै नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर संगठन विस्तार गरेको पार्टीमा सिंगो जिल्ला कमिटि बिलय भएपछि ओली निराश भएका छन् ।

बिर्तामोडमा बसेको बैठकले माधव–खनाल पक्षले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा एकीकृत समाजवादीं मा जिल्ला कमिटी सभाहित भएको पार्टीका अध्यक्ष बेदराज रेग्मीले जानकारी दिएका छन् ।

गत बैशाख ३ गते मालेकालदेखिका पुराना बामपन्थी नेता बेदराज रेग्मीको अध्यक्षतामा निर्माण भएको सो कमिटी ३५१ सदस्यीय रहेको थियो ।

कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख रहेकी चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारी लगायत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button