दुई महिना पछि यस्तो अवस्थामा फेला परिन् सन्तोषी, गोबिन्दलाई यसकारण छोडेर हिँडेकी रहिछन् (भिडियो हेर्नुस्)

काठमाडौ । श्रीमती हराएको करिब दुई महिना पछि गोबिन्द कुँवरले श्रीमती फेला पारेका छन् । आफु भन्दा धनी परिवारको छोरीसंग विवाह गरेका गोविन्द कुँवर ५ वषएको छोरा बोकेर मिडिया सामु खोजीका लागि पुगेका थिए ।

उनको श्रीमती सन्तोषी गुरुङ झण्डै दुई महिना पछि फेला परेकी हुन् । उनले आफु काठमाडौ बसेको बताएकी छन् । घरमा श्रीमानसंग मिल्न नसकेपछि आफै काम गरेर बस्ग्रहन भन्दै उनी घर छोडेर हिँडेको बताएकी छन् ।

अहिले काठमाडौमा काम खोजेर विद्यालयमा पढाउन थालेको बताएकी छन् । उनको श्रीमती चैत १ गतेवाट हराएकी थिइन् । गोबिन्द काममा गएको बेलामा सानो छोरालाई एक्लै छोडेर श्रीमती हिडेको बताएका थिए ।

उनीहरुबीच माइतीको कारणले कहिले काँही विवाद भइरहने पनि बताएका थिए । उनले अहिले सम्म त्यही छोराको मुख हेरेर बसेको भएपनि श्रीमानको ब्यवहार नफेरिएपछि आफु बाध्य भएर हिड्न परेको बताएकी छन् । बन्दीपुरका गोबिन्द पोखरामा कामको सिलसिलामा जाँदा सन्तोषीसंग भेट भएको थियो । उनीहरुले प्रेम विवाह गरेका थिए ।

उनले आफु अर्को विवाह गरेर नहिडेको बताएकी छन् । उनले एक पटक विवाह गरेर दुख पाइसकेपछि फेरी विवाहको बारेमा पनि नसोचेको बताएकी छन् । उनले जागिर नपाउँदा सम्म जव सेन्टरमा एप्लाई गरेपछि स्कूलमा जागिर पाएको बताएकी छन् ।

उनले लकडाउनमा बन्द भएका कारण अहिले एक जना शिक्षक महिलासंग बसेको बताएकी छन् । उनले यस अघि पनि समाज राखेर श्रीमानलाई सुधार्ने कोशिष गरेको भएपनि फेरी ब्यवहार परिवर्तन नभएका कारण आफु घर छोडेर हिड्नु परेको बताएकी छन् ।

यो पनि,,,कोरोनाले नेपालका दुई खेलाडीको निधन

कोरोना संक्रमणका कारण मोरङ जिल्ला बुद्धिचाल संघका पूर्वअध्यक्ष तथा फिडे आर्विटर विजयकुमार थापाको सोमबार ६२ वर्षको उमेरमा विराटनगर हस्पिटलमा दुःखद निधन भएको छ । वि.सं. २०१५ साल मोरङमा जन्मिएका थापाले वि.सं. २०३८ र २०४० सालमा सम्पन्न राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा तेश्रो स्थान हात पारेका थिए ।

आँखामा पट्टी बाँधी खेलिने ब्लाईनफोल्ड चेसमा समेत अब्बल रहेका थापा पछिल्ला वर्षमा विराटनगर तथा पूर्वाञ्चलका विभिन्न क्षेत्रमा बुद्धिचाल प्रशिक्षकको रुपमा अभ्यस्त रहेका थिए । उनले नेपाल तथा भारतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताहरूमा निर्णायकको रुपमा काम गरेका थिए ।

त्यस्तै,कोरोना संक्रमणकै कारण ताप्लेजुङ जिल्ला बुद्धिचाल संघका सदस्य समेत रहेका ३३ वर्षीय युवा चेस खेलाडी प्रेमराज हाङ्गम लिम्बूको गएको आइतबार दुःखद नि’धन भयो । १० दिन अगाडि कोरोनाको सामान्य लक्षण देखेपछि घरमै आईसोलेसनमा रहि उपचार गरिरहेका लिम्बुलाई एक्कासी गा’ह्रो भएपछि थप उपचारका लागि झापाको विर्तामोड लाने क्रममा बाटोमै मृत्यु भएको हो ।

त्यस्तै ,

कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृत्यु भएको हो ।

उच्च रक्तचाप र मधुमेहबाट पीडित उहाँ कोरोना सङ्क्रमित भएपछि होमआइसोलेशनमा रहेकाबेला अक्सिजनको मात्रा कम भएपछि बुधबार बिहान भेरी अस्पतालमा भर्ना गरिएको थियो । दिउँसो स्वास्थ्यमा सुधार भए पनि मध्यरातमा अवस्था बिग्रँदै गएर निधन भएको अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो ।

डोल्पाका पुराना राजनीतिज्ञ पहाडी विसं २०५३ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिले कानून राज्यमन्त्री, पछि वन तथा भूसंरक्षण र आपूर्तिमन्त्री बन्नुभएको थियो । उहाँको आजै अन्त्येष्टि गरिने जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button