
चितवनबाट धादिङवेसी पुगे भनेका श्रीमानले जब हेटौडा पुगेर …..
काठमाडौ । चितवनकी विष्णु पौडेको श्रीमान हराएको माघ २८ गतेवाट हो । उनी अहिले सम्म फेला परेका छैनन् । धादिगं गजुरीमा बस्थे उनीहरु । श्रीमान सेल्स अफिसर थिए । उनले श्रीमतीलाई पनि धादिगं लिएर गएका थिए ।

श्रीमतीलाई दिदीकोमा राखेर आफु काठमाडौ गए । पछि श्रीमतीले अब घर जाउँ भन्दा उनले मलाई फेरी अफिस जानुपर्ने भयो भनेपछि उनी दिदीको छोराले मलेखु लगिदिए । त्यसपछि उनी घर गइन् ।

अफिसको प्रमोशनका लागि भन्दै उनी हिडेका थिए । सन्तोष धिताल हो उनको श्रीमानको नाम । पिएनजीमा काम गर्ने उनी फेरी अर्को कम्पनीमा काम गर्न थालेका थिए । उनले त्यसरी अफिसको प्रमोशनका लागि भन्दै हिडेका उनी घर आएनन् । उनले फोन गरीन् अघिल्ले दिन धादिगं बेसीमा छु भनेका थिए ।
त्यसपछि मोवाइलमा ब्याट्री छैन भनेका थिए । श्रीमतीलाई अफिसकै काममा गएको छु भनेका श्रीमान नआएपछि उनले अफिसमा फोन गरेका थिए ।
तर पछि श्रीमतीले अफिसमा फोन गर्दा सासु विरामी हुनुहुन्छ काठमाडौ जानुपर्नेछ भनेर उनले एक साताको लागि विदा लिएको थाहा पाइन् । उनले प्रहरीमा खबर गरिन् ।
सीसीटीभी फुटेज हेर्दा उनी चितवनमै देखिएका थिए । उनले दाह्री कपाल पनि मिलाएको र भारु पैसा साटेको पनि थाहा पाएको बताएकी छन् । धादिगं छु भनेका श्रीमान हेटौडा पुगेको मोवाइलको लोकेशनमा देखिएको बताइन् । अनुसन्धान गर्दा अन्तिम लोकेशन हेटौडा देखिएपछि उनी कता लागे खुलेको छैन ।
यति लामो समय देखि श्रीमान हराएपछि श्रीमती रुँदै मिडियामा आएकी छन् । उनको सानो छोरी छन् ।
विवाह भएको ६ वर्ष भयो । प्रेम विवाह गरेका उनलाई श्रीमानले किन यस्तो ब्यवहार गरे भन्ने जान्न पाएकी छैनन् ।
यो पनि,,,,कोरोनाबाट वरिष्ठ अधिवक्ता खड्काको निधन
न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको ७७ वर्षको उमेरमा निधन भएको छ । पूर्वमहान्यायाधविक्तासमेत रहिसक्नुभएका खड्कालाई कोभिड–१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उहाँको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।
जनकपुरमा जन्म भई काठमाडौँको गौरीघाट निवासी खड्काको कानून र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । सोही योगदानकै कारण कानून व्यवसायीका तर्फबाट उहाँ २०७६ पुसमा न्याय परिषद् हुनुभएको थियो ।
त्यस्तै सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा पाँच बजे मृत्यु भएको हो ।
सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिनुभयो । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ ।



