एमाले सांसदहरुले घोक्रो सुकेपछि पालैपालो लगाए नारा

काठमाडौं । आइतबार पनि प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेपछि सभामुख अग्नि सापकोटाले बैठक आगामी भदौ २९ गतेसम्मका लागि स्थगित गरेका छन् । आइतबारको पहिलो र दोस्रो चरणको बैठकमा ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ भन्दै एमाले सांसदहरुले नाराबाजीलाई झन् चर्काइरहे ।

सभामुखले बैठकलाई अघि बढाउन खोज्दा उनीहरु झन् चर्काे स्वरले नाराबाजी गरेको देखिन्थ्यो । आइतबार बैठक प्रारम्भ नहुँदै नाराबाजीमा उत्रिएका एमाले सांसदहरुको घाँटी बसेपछि पालैपालो नारा लगाएका थिए ।

आइताबार संसदको पहिलो बैठक अघि नबढेपछि सभामुख सापकोटाले संवादका लागि भनेर १५ मिनेट बैठक स्थगन गर्ने जानकारी गराए । त्यसपछि सुरु भएको दोस्रो चरणको बैठकमा एमाले सांसदहरु झन् चर्काे स्वरमा नाराबाजी गर्न थालेपछि सभामुखले भदौ २९ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

संसदमा ‘पक्षपातपूर्ण व्यवहार मुर्दावाद, ‘संसदीय मर्यादा कायम गर’ लगायत नाराहरु लगाउँदै एमाले सांसदहले संसद ठप्प पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button