
कोरोनाको खोप लगाउँन चाहनुहुन्छ? अनलाईन फाराम भर्नुहोस्, यस्तो छ तरिका
काठमाडौं : सरकारले कोरोनाको खोप लगाउन चाहनेका लागि अनलाइन फाराम भर्न अनुरोध गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकलाई स्वैच्छिक फारम भर्न आग्रह गरेको हो। स्वैच्छिक व्यक्तिगत दर्ता फारम भएको भन्दै मन्त्रालयले यो दर्ता फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सो माथिका व्यक्तिहरूले भर्न सक्ने जनाएको छ।

यो दर्ता फारमबाट प्राप्त विवरणले पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्नका लागि सहज हुने मन्त्रालयले सूचनामार्फत जनाकारी दिएको छ।
‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसीएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गते देखि सञ्चालन हुने भएको छ,’ वागमती स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ।
यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भेरोसेल दोस्रो मात्रा लगाउने कार्यक्रम छ। यसका लागि सम्बन्धित स्थानीय तहहरुलाई कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यले आग्रह गरेको छ।
जेठ २ बाट ९ दिनसम्म चल्ने खोप अभियानमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखेको जनाइएको छ। फाराम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ।
यो पनि,,,,डब्ल्यूएचओले भन्यो- नेपालमा कोरोना नियन्त्रणबाहिर जान सक्छ ‘नेपाललाई आपत्कालीन सहयोग आवश्यक छ’
नेपालमा तत्काल कोभिड-१९ विरुद्धको खोप आपूर्ति गर्न काठमाडौंस्थित राष्ट्रसंघीय मिसनले विश्व स्वास्थ्य संगठनलाई शनिबार ताकेता गरेको छ ।
राष्ट्रसंघीय आवसिय प्रतिनिधि सारा ब्योस्लो न्यान्तीले डब्लुएचओ प्रमुख टेड्रोस आदानोम ग्रेविएससलाई उक्त आग्रह गरेकी हुन् ।
कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका महानिर्देशक डा। टेड्रोस एड्हानोम गेहब्रेयससले बताएका हुन् ।
शुक्रवार नियमित प्रेस सम्मेलनमा बोल्दै डा.गेहब्रेयससले भारत मात्रै नभई नेपाल, भियतनाम, क्याम्बोडिया, थाइल्यान्ड र इजिप्ट जस्ता देशहरूमा पनि सङ्क्रमण र अस्पताल भर्ना ह्वात्तै बढेको र आपत्कालीन सहयोग आवश्यक रहेको बताएका हुन् ।
अफ्रिका र अमेरिका महादेशका केही देशहरूमा पनि सङ्क्रमण बढेको बताउँदै उनले यी देशहरू सङ्क्रमणसँग जुझ्न उच्च सङ्घर्षको अवस्थामा रहेको बताएका छन् ।
संक्रमण बढ्दै जाँदा खोप आपूर्ति र व्यवस्थापन अहिलेको मुख्य चुनौतीका रुपमा रहेको पनि उनले बताए । साथै, डा. गेहब्रेयससले डब्ल्यूएचओले सबै तरिकाबाट सम्भव भएसम्म सहयोगलाई निरन्तरता दिने बताएका छन् ।
यसैसाता कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) संयोजक तथा उपप्रधानमन्त्री इश्वर पोखरेलले न्यान्तीलाई टेलिफोन गर्दै खोप आपूर्तिका लागि पहल गर्न सुझाएका थिए ।
राष्ट्रसंघीय निकाय डब्लुएचओले कोभ्याक्स सुविधाअन्तर्गत प्रभावित मुलुकहरुमा खोप आपूर्ति गर्दै आएको छ । तर, भारत लगायतका खोप उत्पादक मुलुकमा खोप उत्पादन प्रभावित बनेपछि आपूर्ति हुन सकेको छैन ।
डब्लुएचओले पनि ठूला र धनी राष्ट्रले खोप जम्मा गर्दा गरिब मुलुकमा खोप आपूर्ति गर्न नसकिएको बताउँदै आएको छ ।



