
९ वर्ष उपचार गर्दा निको नभएको रोग झाँक्रीले निको बनाएको भन्दै आइन् यि युवती, यसरी गरे झाँक्रीले उपचार (भिडियो हेर्नुस्)
तपाईलाई धामी झाँक्रीमा विश्वास लाग्छ ? अहिलेको २१ औं शताब्दिमा पनि धार्मी झाँक्री माथि विश्वास गर्नुलाई अन्धविश्वास भनिन्छ । तर विश्वास एउटा यस्तो चिज हो जहाँ बिरामीको ८० प्रतिशत रोग विश्वासले निको हुन्छ ।

एक युवती ९ वर्ष देखि विरामी थिइन् । उनले अनेक ठाउँमा उपचार गरिन् तर उनी निको भइनन् । तर एक जना झाँक्रीले ९ वर्ष देखि लागेको उनको रोग निको बनाएको दावी गरिएको छ ।

सञ्चो भएपछि युवतीले आफ्नो जिवनमा आश्चर्य भएको बताएकी छन् । म निकै खुसी छु, ९ वर्ष सम्म सञ्चोे नभएको रोग झाँक्रीले निको बनाएको बताएकी छन् । काठमाडौमै भएको यो घटना उदेकलाग्दो छ ।
अहिले धामी झांक्रीको विश्वास नगर्न र विरामी भए अस्पताल जान चिकित्सक र सामाजिक अगुवाहरुले भनिरहँदा पनि धामी झाक्रीको विश्वासमा पर्ने संख्या ठुलो छ । विश्वासकै कारण होला वा केही जडिवुटीले गरेको सकारात्मक प्रभावले केही विरामी निको पनि हुने गरेका उदाहरण छन् ।
तर त्यस्ता घटनाले यस्तो अन्धविश्वासमा थप विश्वास बढाउने गर्छ । यो भिडियोमा पनि धामीले ९ वर्ष देखि निको नभएको रोग झाँक्रीले निको बनाएको दावी गरिएको छ । विरामी रहकी युवतीले आफु निको भएको बताएकी छन् ।
लामो समय सम्म रोग पालेर बस्नु परेको थियो । अहिले म निको भए उनले भनेकी छन् । अरुणा तामागं नाम गरेकी युवतीले आफुलाई ३ वर्ष देखि अति भएपछि आफु धामीकोमा आएको बताइन् ।