
१४० किलो श्रीमतीलाई एकछाकमा सधैं २ कुक्कर भात पकाउनु पर्छ भन्दै श्रीमान भन्छन्,‘जस्ले जे भनेपनि मलाई मेरी श्रीमती संसारकै सुन्दर लाग्छिन्’(भिडियोसहित)
काठमाण्डौ । हामीले हाम्रो समाजमा देख्दै आएको र सुन्दै पनि आएको कुरा हो कि विशेषगरी दुख्खमा श्रीमानले भन्दा श्रमितीले श्रीमानको साथ छोड्दैनन् । श्रीमानको केयर गर्छन् ।

श्रीमानलाई आमाले जस्तै माया र ममताले उनीहरुको दुख्खमा सारथी भएर उभिन्छन् । एकाध बाहेक प्राय श्रीमतीले नै श्रीमानको केयर गर्ने गर्दछन् । यस्तो हामीले सानैबाट देख्दै र सुन्दै आईरहेकै कुरा हो । तर एउटा यस्तो श्रीमान छन् जस्ले आफ्नी श्रीमतीको यसतो केयर गरिरहेका छन् कि देख्ने र सुन्ने सबै दंग नै छन् ।

उनले आफ्नी श्रीमतीलाई सधैं खाना पकाएर खुवाउँछन् । श्रीमतीलाई मन पर्ने कुरा बजारबाट किनेर ल्याईदिएर उनलाई खुशी बनाउँछन् । श्रीमतीको मन पर्ने खाना बनाएर उनले सधैं खुवाउँछन् ।
यो उनले मन लाग्दाको समयमा हैन दैनिक गरि नै रहन्छन् । यसो गर्दा उनी खुशी त हुन्छन् तर यो उनको बाध्यता भएको हुनाले उनी दुखी पनि छन् । उनको बाध्यता यस कारणले बनेको छ कि उनकी श्रीमतीले खाना पकाउन सकदैनन् । न त बजार गएर आफुलाई चाहिएको सामान नै किनेर ल्याउन सक्छिन् ।
दिनदिनैको खाना श्रीमानले पकाएर खानु उनको रहर नभई बाध्यता हो । किनकी उनको तौल १ सय ४० केजीको छ । त्यसैले उनी बसेको ठाउँबाट उठ्न सक्दिनन् । न त आफु खुशी बस्न नै सक्छिन् ।
श्रीमतीको यो मोटो पनकै कारण उनका श्रीमानले घरको सबै काम गर्ने गर्दछन् । यस्तो मोटी श्रीमतीलाई आफुले धेरै माया गर्ने बताउँछन् उनी । उनी भन्छन्,‘मरो बिहे गर्नु पुर्व मेरो धेरै नै केटी साथीहरु थिए । तर मलाई उनी नै मन पर्यो । मेरो मनले उनको मोटोपनलाई देखेन । केवल उनको मिठो बोली र नरिसाउने बानीले नै म उनीमा फिदा भएँ ।’
श्रीमानको यस्तो कुरा सुनेर छेउँमा बसेकी उनकी श्रीमती भने मुस्कुराई मात्र रहन्छिन् । अनि उनी पनि भन्छिन्,‘मलाई उहाँले माया गर्छु भन्दा साँच्चै गर्नु हुन्छ र ? म त यस्ती मोटी छु भनेकी थिएँ ।
अनि उहाँले मलाई तिम्रो मोटोपनसंग नै प्रेम छ भन्नु हुन्थ्यो । उहाँको यस्तै यस्तै कुरामा विश्वास लाग्न थाल्यो । आजपनि त्यही विश्वास जस्ताको त्यस्तै नै पाई रहेकी छु ।’ आफ्नो मोटोपनको पनि वास्ता नगरी साँचो माया गरेको श्रीमान पाएकोमा उनी आफुलाई निकै नै भाग्यमानी ठान्दछिन् ।
मोटोपन घटाउने प्रयासमा रहेकी उनी केही आर्थिक अभावका कारण निरन्तर डक्टरहरुको परामर्श गर्न नसकेको बताउँछिन् । यो जोडीले रमाईलो पनि उत्तिकै गर्ने रहेछन् ।
रमाईलो गर्ने कुरा गर्दा उनका श्रीमान भन्छन्,‘यिनलाई मन परेको तरकारी पकाई दिनु पर्छ दुई कुक्कर भात पकाउनु पर्छ ।’ श्रीमानको यो कुरा सुनेर उनी हाँसी मात्र रहन्छिन् । श्रीमान भने अझैं जिस्कंदै भन्छन्,‘राती त कहिलेकाहीँ डर पनि लाग्ने गर्छ कि म सुतेको बेला च्यापि दिईन् भने म त ठाउँको ठाउँमै मर्छु नि ।’
यसरी श्रीमानले आफ्नो मोटो पनको विषयलाई लिएर ठट्टा गर्दा पनि उनी मुस्कुराई मात्र रहन्छिन् ।
उनको यही बानीमा मोहित भएका उनका श्रीमानले अरुले जे जे भनेपनि आफुलाई आफ्नो श्रीमती निकै प्यारो लाग्ने र कहिल्यै पनि बोझ भएकी छन् भन्ने महसुस नै नभएको बताउँछन् । उनी चाहान्छन् श्रीमतीसंगै खेल्न, हिंड्न, र संगसंगै रमाईलो गर्न । यो उनको ईच्छा हो । यसो भनि रहंदा उनी तुर्लुक्कै रुँछन् पनि । भिडियोसहित
यो पनि, पढ्न स्कुल गएका दुई बिद्यार्थीले कक्षाकोठाभित्रै एक आपसमा गरे बिहे, भिडियो भयो भाइरल
काठमाडौं । भारतको आन्ध्रप्रदेशस्थित एक विद्यालयमा दुईजना किशोरावस्थाका विद्यार्थीहरुले एक आपसमा बिहे गरेको भिडियो भाइरल बनेपछि त्यसले ठूलो तहल्का मच्चाएको छ ।
आन्ध्रप्रदेशको पूर्वी गोदाबरी जिल्लास्थित राजामहेन्द्रवरममा रहेको एक जुनियर कलेजमा कक्षाकोठाभित्रै एकजना किशोर तथा अर्की किशोरी विद्यार्थीले आपसमा बिहे गरेका हुन् ।
उक्त घटनाका सम्बन्धमा प्रहरीले बाल विवाह निषेध ऐन बमोजिम जाहेरी दर्ता गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । कक्षाकोठाभित्रै बिहे समारोह भएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै स्थानीय प्रहरीको ध्यानाकर्षण भएको थियो ।

अधिकारीहरुका अनुसार नाबालिक उमेरका विद्यार्थीबीच कक्षाकोठामा भएकोे बिहे अवैध भएको हुँदा रद्द गरिएको छ र केटाकेटी दुबैजनालाई मनोपरामर्श दिइएको छ । किशोरीलाई आन्ध्रप्रदेश महिला आयोगले संरक्षण गृहमा राख्ने भएको छ ।
कक्षाकोठाभित्र दुई विद्यार्थीको बिहे कसले गराएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । प्रविणता प्रमाणपत्र तहमा अध्ययनरत ती किशोर–किशोरीहरु एकै कक्षाका सहपाठी हुन् ।
भिडियोमा देखाइए अनुसार १७ वर्ष उमेरका किशोरले आफूले ल्याएको मंगलसुत्र कक्षाकोठामै ती किशोरीलाई पहिराइदिए । पछि उनले किशोरीलाई सिन्दुर लगाइदिए र बिहे सम्पन्न भयो । त्यससँगै उक्त जोडीले केही युगल तस्वीर पनि खिच्यो ।
कक्षाकोठाभित्रको उक्त बिहेको भिडियो उनीहरुकै सहपाठी एक अर्की किशोरीले खिचेकी हुन् ।
घटना सार्वजनिक भएसँगै विद्यालय व्यवस्थापनले बिहे गर्ने ती किशोर–किशोरीलाई निष्कासन गरेको छ । उक्त घटनापछि किशोरीलाई उनीहरुका बुवा–आमाले घरमा छिर्न दिएनन् । जसका कारण उनलाई एक स्थानीय मनोपरामर्शदातृ संस्थामा लगियो । केटाका अभिभावकसँग पनि कुरा गरेर उसलाई मनोपरामर्श दिइयो ।
प्रहरीले उक्त घटनाका सम्बन्धमा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले बिहे गरेको भनिएका किशोर–किशोरी तथा उनीहरुका अभिभावकका साथै विद्यालय प्रशासनको समेत बयान लिने छ । अनुसन्धानका क्रममा दोषी पाइएकाहरुलाई कारवाही गरिने प्रहरीले जनाएको छ ।