
भगाउनेको श्रीमती र भागेर जानेको श्रीमान एकसाथ रुदै आए मिडियामा, फरार जोडीको यसरी खोले भित्रि रहस्य
मोरगंको उर्लावारी ४ का मोहन राजवंशीको श्रीमतीलाई दोस्रो विवाह गरी लगेको भन्दै आशंका गरिएका युवकको श्रीमती पनि मिडियामा सार्वजनिक भएकी छन् ।

उनले भिडियो सार्वजनिक भएपछि आफ्ना श्रीमानलाई लगाएको आरोप सहि हो की भन्ने आशंका उब्जिएको बताएकी छन् । आफ्ना श्रीमान पनि केही दिन देखि सम्पर्क विहिन भएको उनको भनाई छ । १२ वर्ष साउदीमा बसेर पसिना बगाएका मोहन घर फर्कदा उनको श्रीमती घरमा थिइनन् ।

विवाह भएको वर्षौ पछि वुढेसकालमा श्रीमती हराएपछि अहिले उनका श्रीमान रुँदै मिडियामा सार्वजनिक भएका छन् । उनी सार्वजनिक भएर श्रीमती लगेको आशंका गरिएका युवाको नाम लिए पछि उनको श्रीमती पनि सार्वजनिक भएकी हुन् । उनले पनि आफ्ना श्रीमान हराएको बताएकी छन् । उनले आफ्ना श्रीमानको बारेमा कहिल्यै शंका नगरेको बताएकी छन् ।
उनी गर्भवती अवस्थामा छन् । यस्तो अवस्थामा श्रीमानले पी डा दिएको महिलाको भनाई छ । जिवन परियारको श्रीमतीले आफ्नो श्रीमान हराएको भन्दै सार्वजनिक भएकी हुन् ।
२० गते विहिवार पैसा लिन भन्दै धरान गएका श्रीमान अहिले सम्म फर्केका छैनन् । यता मोहनको छोरी आएर हाम्रो आमा पनि हराउनुभयो अंकल घर हुनुहुन्छ की हुनुहुन्न भन्दै सोध्न आएको जिवनको श्रीमतीले बताएकी छन् । मलाई त अहिले सम्म त्यस्तो शंका थिएन, जुन दिन आफ्नै आँखाले दुई जना जोडी भएको देख्छु त्यो दिन मात्र विश्वास गर्छु उनले भनिन् ।
५ महिनाको ग र्भ व ती छन् भने ८ वर्षको अर्का छोरा छन् । यस्तो अवस्थामा छोडेर श्रीमान हराएपछि उनी एक कल फोन आए पनि हुन्थ्यो भन्दै कुरेर बसेकी छन् ।
आफ्नो श्रीमानले ति महिलालाई दिदी भनेर सम्बोधन गर्ने गरेको पनि बताएकी छन् ।
संगै घाँस दाउरा गर्न जान्थ्यौं तर कहिल्यै शंका लागेन उनले भनिन्, उहाँका विवाह गर्ने उमेरका छोराछोरी छन्, त्यस्तो मान्छेलाई मैले कसरी शंका गर्नु ? यता मोहनले भने उनले दुखमा साथ दिएकी श्रीमती पोइला गएकै भएपनि फर्केर आए आफुले स्वीकार गर्ने बताएका छन् ।
यो पनि, एक ब्यक्तिले शेष पछि फोक्सो दान गरे, चिकित्सकले फोक्सो झिक्दा देखियो यस्तो, परे आश्चर्यमा
मान्छेले केही यस्तो कर्म गर्छन् त्यसको फल धेरै पछि पाउने गर्छन् । यस्तै एक घटना चिनमा भएको छ । त्यहाँ एउटा स्त ब्ध बनाउने भिडियो आएको छ । जसमा एकजना शृङ्खलाबद्ध चु रो ट ता न्ने (चे न स्मो क र) को फोक्सो कालो भएको देखाइएको छ ।
५२ वर्षीय एक चिनियाँ बिरामीले मृ त्यु पछि आफ्नो फोक्सो दान गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । मृ त्यु पछि चिकित्सकले शल्यक्रिया गरेर अर्को ब्यक्तिमा प्रत्यारोपणका लागि फोक्सो निकाल्दा आफैं चकित भए ।
उक्त सुविधा दिने अस्पतालका उपाध्यक्ष समेत रहेका प्रत्यारोपण विशेषज्ञ डाक्टर चेनले शल्यक्रियाको नेतृत्व गरेका थिए । उनले भने, “मृ त्यु अघि बिरामीको सीटी स्क्यान गराइएको थिएन, उनको ‘ब्रै न डे ड’ भएको घोषणा गरियो, लगत्तै उनको फोक्सो दान गरियो ।” उक्त फोक्सो पूरा कालो भएको र त्यसभित्र टारको मात्रा अत्याधिक रहेको पाइएको थियो ।
प्रारम्भिक अक्सिजेनेशन सूचकाङ्क ठीकै थियो, तर हामीले दान गरिएको अ ङ्ग का टे पछि प्रत्यारोपण गर्न नसक्ने महसुस गर्यौं”, डाक्टर चेनले थपे – हामी चिनीयाँ चु रो ट धेरै खा न्छौं, तर चु रो ट खा ने सबैको फोक्सो स्वीकार नगर्ने अव्यवहारिक हुन जान्छ, यद्दपी केही मापनका आधारहरू छन् । डेली मेलले आफ्नो समाचारमा जनाएको छ ।

तत्कालै मृ त्यु भएको ६० वर्ष मुनिका ब्यक्तिको फोक्सो सामान्य सं क्र म ण रहेको र एक्स रे गर्दा अपेक्षाकृत सफा देखिनेको स्वीकार गर्दै आएको डाक्टर चेनले बताए । “यदी माथिको मापनहरू ठीक छन् भने हामी प्रत्यरोपण गर्न तयार हुन्छौं”, उनले प्रष्ट्याए ।
वर्ष २०१८ मा चिनीयाँ रोग निवारण तथा उन्मूलन संस्थानले गरेको अध्ययनले ३५ करोड ब्यक्ति धु म्र पा न गर्छन् । विश्व स्वास्थ्य संगठनले वर्ष २०१८ मा गरेको अध्ययन बमोजिम नेपालमा धु म्र पा न ले वार्षिक २७ हजार १३७ ब्यक्तिको मृ त्यु हुँदै आएको छ ।
जुन कुल मृ त्युको १४.९ प्रतिशत हो । औसतमा ३० लाख ४६ हजार नेपालीले दैनिक धु म्र पा न गर्छन् । १०–१४ वर्ष उमेरका २१ हजार बालबालिका धु म्र पा न गर्दै आएको तथ्याङ्कले देखाएको छ ।