१२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक पक्राउ

सिन्धुपाल्चोकमा १२ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सुनकोशी गाउँपालिका-५ हलेगाभा बस्ने ५६ वर्षीय डम्मरबहादुर भुजेललाई बलात्कार गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनले सुस्त मनस्थिति भएकी बालिकामाथि बलात्कार गरेको आरोप छ।

आइतबार साँझ साढे ७ बजे १२ वर्षीया ती बालिकालाई भुजेलले पधेरो टोलस्थित कच्ची बाटोमा बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको थियो।

जाहेरी परेको आधारमा भुजेललाई सोमबार पक्राउ गरेको हो।

उनीमाथि बलात्कारको मुद्दामा अनुसन्धान अघि बढाएको छ।

सिन्धुपाल्चोक जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button