
ओलीविरुद्ध नेताकार्यकर्तालाई विद्रोह गर्न नेपालको आग्रह
केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएका छन्।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाएका छन्। नवौं महाधिवेशनबाट अध्यक्ष बनेपछि ओली स्वेच्छाचारी बन्दै गएर अन्ततः दक्षिणपन्थी बनेको उनको भनाइ थियो। उनले तत्काल ओली र एमालेसँग कुनै पनि प्रकारको सहकार्य हुन नसक्ने स्पष्ट पारे। उनले एमाले नेताकार्यकर्तालाई विद्रोह गरेर ओलीको दबाबबाट मुक्त हुन आग्रहसमेत गरे ।

नेपालले एकीकृत समाजवादीका कोही शत्रु नहुने बताए। ‘हाम्रा कोही शत्रु हुनेछैनन्, सबै मित्र हुनेछन्,’ हाम्रो आन्तरिक मामिलामा कसैले हस्तक्षेप नगरून्। हाम्रो संवेदनशीलतालाई सबैले बुझिदिऊन् भन्ने अपेक्षा छ,’ उनले भने। उनले माओवादीसहितका शक्तिसँग सहकार्य हुने पनि बताए। ‘माओवादी केन्द्रलगायत कम्युनिस्ट दलहरूसँग सहकार्य हुनेछ। बाबुरामजीहरूदेखि अन्य शक्तिसँग पनि हामी सहकार्य गर्दै अघि बढ्नेछौं,’ उनले भने ।




