गाउँपालिकाका अध्यक्षले चढ्ने गाडी उनकै छोराले फुटाएपछि खैलाबैला

काठमाडौँ ।

मोरङको ग्रामथान गाउँपालिका अध्यक्षका छोराले नै सरकारी गाडीमा तोडफोड गरेका छन् । गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारूका छोरा ज्योति गच्छदारले बाबस
ले चढ्ने सरकारी गाडी तोडफोड गरेको बताइएको छ ।

गाउँपालिका अध्यक्ष समेत रहेका बाबुको निर्णयमा चित्त नबुझेको भन्दै छोराले गाडीमा तोडफोड गरेको बताइएको छ । स्रोतका अनुसार एमालेलाई पेल्ने कि नपेल्ने भन्ने विषयमा सहमति नहुँदा यस्तो विबाद निम्तिएको हो ।

गाउँपालिकाको प्रदेश–१–को १ प ५७८ नम्बरको गाडी कार्यालय परिसरमा रोकेर राखिएको अवस्थामा ज्योतिले एक्कासी तोडफोड सुरु गरेका हुन् ।

नेपाली काँग्रेसबाट बहुमतसहित निर्वाचित अध्यक्ष थारूले एमालेबाट निर्वाचित वडा अध्यक्षलाई कार्यपालिका भित्रका विभिन्न समितिहरूको जिम्मेवारी दिने तयारी गरेका थिए ।

तर, छोराले भने त्यसरी जिम्मेवारी दिनु नहुने भन्दै बाबु विरुद्ध उत्रिएपछि यस्तो समस्या आइपरेको हो । गाउँपालिका उपाध्यक्ष गुणवतीदेवी थारूले गाडी तोडफोड भएको विषयमा अध्यक्षलाई नै सोध्न आग्रह गरिन् । अध्यक्षले भने गाडीको सिसा पहिल्यै चर्केकोले झरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button