प्रचण्डले यस्तो धम्की दिएपछि देउवा पछि हटे, एमसीसी संसदमा पेश भएन

काठमाडौ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बुधवार संसद्मा टेबल नहुने भएको छ। नेपाली कांग्रेसको संसदिय दलको बैठकले मंगलवार एमसीसी संसदमा टेवल गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री शेर वहादुर देउवाले पनि सभामुख अग्नी सापकोटालाई फोन गरेर कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका थिए ।

तर कार्यब्यवस्था समितिको बैठक बसेपनि एमसीसी अनुमोदन सम्बन्धि कुनै निर्णय भएन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बालुवाटारमा सम्पन्न भेटघाटपछि एमसीसी आज संसद्मा टेबल नगर्ने सहमति भएको हो।

प्रधानमन्त्रीको सचिवालयले प्रचण्ड र देउवाबीच यस्तो सहमति भएको जानकारी दिएको हो। प्रधानमन्त्रीको जोडबलमा जबर्जस्ती एमसीसी संसद्मा पेश गरे सरकार छाड्ने निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका थिए।

एमसीसी जबर्जस्ती अगाडि बढाउँदा सत्ता गठबन्धन नै टुट्ने अवस्था आएपछि प्रधानमन्त्री देउवा तत्कालका लागि यसलाई रोक्न सहमत भएका हुन्।
यस्तै भोलि दिउँसो ३ बजे पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्ने र एमसीसी टेबल गर्ने या नगर्ने विषयमा टुङ्गो लगाइने पनि सचिवालयले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button