
एक वरिष्ठ नेताको ग्रान्डी अस्पतालमा निधन, नेताहरुले दुखि हुँदै निकाले बिज्ञप्ति
काठमाडाैं:

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षकाे उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित उनको आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।
प्रवक्ता श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमान्दार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् ।
शेरचनको निधनमा शोक प्रकट गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफू दु:खी र स्तब्ध भएको बताएका छन्। उनले जारी गरेको शोक वक्तव्यमा शेरचन इमान्दार र राष्ट्रवादी व्यक्तित्व भएको उल्लेख छ।
उनको निधनले राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको लिङ्देनले बताएका छन्। शेरचनको आजै आर्यघाटमा अन्त्येष्टि गरिनेछ। उनका एक श्रीमती, तीन छोरा र एक छोरी छन्।



