
यी कारणले गर्दा शुक्रबार दिउँसो सेती नदीमा गएका युवक एकाएक बेपत्ता, खोजि गर्दै प्रहरी

जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायलका प्राविधिक प्रहरी नायब निरीक्षक खडक भुत्यालका एक मात्र छोरा दिपायल सिलगढी नगरपालिका–३ बस्ने १८ वर्षीय पवन शुक्रबार दिउँसो सेती नदीमा नुहाउन गएका बेला एकाएक बेपत्ता भएका थिए ।

युवक बगेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय दिपायलबाट ११, प्रदेश प्रहरी तालिम केन्द्रबाट १० तथा प्रदेश प्रहरी अस्पतालबाट नौ जनाको प्रहरी टोलीले गए रातिदेखि खोजी गरिरहे पनि अहिलेसम्म फेला पार्न नसकेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रुपसिंह थापाले बताउनुभयो ।
यो पनि, विपन्न विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाइँदै
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ ।
पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो ।
सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमिक विद्यालयमा तीनवर्षे डिप्लोमा तह हाइड्रोपावर इञ्जीनियर पढाइने गाउँपालिकाले जनाएको छ ।
विपन्न परिवार तर जेहेन्दार एक छात्रा र एक छात्र गरी दुई जनालाई इञ्जीनियर पढाउने गाउँपालिकाका प्रवक्ता सूर्यमान बराइलीले बताउनुभयो ।
जिल्लामा जलविद्युत् आयोजना धेरै निर्माण हुने क्रममा रहेकाले हाइड्रोपावर क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले हाइड्रोपावर इञ्जीनियर शिक्षामा लगानी गर्ने बराइलीले बताउनुभयो ।
गाउँपालिकाको २०७८÷७९ को नीति तथा कार्यक्रमको चालु शैक्षिक सत्रदेखि विपन्न परिवारलाई इञ्जीनियर पढाउने कार्यक्रम भएकाले विपन्न परिवारका दुई विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढ्न इच्छुक विद्यार्थीलाई गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीमप्रसाद पौडेलले बताउनुभयो ।
आगामी शैशिक सत्रहरुमा पनि गाउँपालिकाको नीति तथा कार्यक्रममा अन्य प्राविधिक धारका विषयमा पनि छात्रवृत्ति उपलब्ध गराउने योजना रहेको शिक्षा शाखाले जनाएको छ ।
हाइड्रोपावर इञ्जीनियर पढ्नका लागि प्रवेश शुल्क प्रतिव्यक्ति रु ३३ हजार शुल्क लाग्ने र मासिक रु पाँच हजार ५०० शुल्क लाग्ने विद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहालले बताउनुभयो ।



