रोडिजको चौंथो संस्करण आउँदै

काठमाडौं– बहादुरीको खेल खेलाइने रियालिटी सो ‘हिमालय रोडिज’को चौंथो संस्करण सुरु हुने भएको छ। 


नायक अनुपविक्रम शाहीले भारतीय फ्रेन्चाइज सो रोडिजको चौंथो संस्करणबारे सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन्।

उनले रोडिजका सदस्यहरुको सामूहिक तस्वीर सार्वजनिक गर्दै ‘रोडिज ४ कमिङ सुन’ लेखेका छन्।

तस्वीरमा देखाइएअनुसार यस पटकको सिजनमा पनि पहिलेकै कोचहरु यथावत् रहनेछन्। 

यस कार्यक्रमका निर्देशक अमनप्रताप अधिकारी हुन्। कार्यक्रम हिमालय टेलिभिजन तथा रोडिजको युट्युब च्यानलबाट पहिलो संस्करणदेखि नै प्रसारण हुँदै आइरहेको थियो। रोडिजको तेस्रो संस्करणका विजेता सुजन सुवेदी रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button