
धादिङमा ब्रेक फेल भएर मिनि ट्रक दुर्घटना, ३५ घाइते मध्य गम्भिरलाई हेलिकप्टर मार्फत काठमाडौ

खरीबाट जिल्ला सदरमुकाम धादिङबेसी आउँदै गरेको मिनी ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी ३५ जना घाइते भएको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए ।
घाइतेमध्ये १६ जनाको अवस्था गम्भीर रहेको उनले बताए ।
सदरमुकाम नजिकैको बगैंचा भन्ने स्थानमा सोमबार बिहान साढे ९ बजेको समयमा बा ३ ख ५६२३ नम्बरको ट्रक ब्रेक फेल भएर अनियन्त्रित हुँदा रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठो क्कि एको अध्यक्ष तिमल्सेनाले बताए ।
दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका छ ।
गम्भीर घाइते मध्ये १२ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको उनले बताए ।
घरमा पहिरो खस्दा श्रीमानको निधन, श्रीमती बेपत्ता
कैलालीमा घरमाथि पहिरोवाट पहिरो खस्दा श्रीमानको निधन भएको छ भने श्रीमती हराएकी छन् ।
कैलालीको दुहुँ गाउँपालिका(१ बस्पालीका नरसिंह महराको निधन भएको छ भने उनकी श्रीमती बेपत्ता भएकी छन् ।
प्रहरीले महराकी श्रीमती कौशीदेवि महरा बेपत्ता भएकाीछन् । घरमा श्रीमान(श्रीमती मात्रै बसेको अवस्थामा घर पहिरोले पुरिएको स्थानियले जनाएका छन् ।
घटनास्थलमा पुगेको प्रहरीले स्थानियको सहयोगमा महरा दम्पत्ती खोजी गरेको थियो । प्रहरीले श्रीमानको शव फेला पारेको थियो भने श्रीमती अझै फेला परेकी छैन ।
यस्तै पहिरोले घर पुरिदाँ दुहुँ गाउँपालिका ५ दुल्ला बस्ने मनुवा डडाल बेपत्ता भएका छन् भने उनका श्रीमती उजली डडाल र छिमेकी जनक राम पार्की घाइते भएको स्थानीय लोकेन्द्र बमले जानकारी दिए ।



