अन्तत एक्लिए माधव नेपाल : ओलीले चाले यस्तो कदम, बुधवार हुँदैछ महत्वपुर्ण निर्णय

काठमाडौं। नेकपा एमालेमा देखिएको विवादका बीच वरिष्ठ नेता माधव कुमार नेपाल एक्लिने भएका छन् । नेकपा एमालेको भोलि बस्ने भनिएको बैठकमा माधव नेपालसहित ११ नेतालाई नबोलाइने भएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बस्दै छ । तर एमालेले माधव नेपाल सहित ११ नेतालाई भने बैठकमा बोलाएको छैन । तर माधव नेपाल पक्षकै अन्य नेताहरुलाई भने बोलाइएको छ ।

एमाले पार्टी कार्यालय स्रोतका अनुसार नेता नेपालसहित झलनाथ खनाल, भीम रावल, रामकुमारी झाँक्री, कल्याणी खड्कासहितका ११ नेतालाई बैठकका लागि निम्ता दिइएको छैन ।

नेता खनाल भने उपचारका लागि भारतमा छन् । ति नेताहरुलाई ओली पक्षले पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिसकेको छ ।

पार्टी विवाद मिलाउन दोस्रो पुस्ता वार्तामै रहेका बेला अध्यक्ष ओलीले सर्वोच्च अदालतले नचिनेको महाधिवेश आयोजक कमिटीको बैठक बोलाएका हुन् ।

बुधवार बस्ने बैठकमार्फत यसअघि बनाइएको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी विघटन गर्ने तयारी छ । एमाले अध्यक्ष ओलीले गत २८ फागुनमा ओलीले दशौं महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए ।

सो कमिटीलाई सर्वोच्च अदालतले भने अस्वीकार गरिसकेको छ । केन्द्रीय कमिटी रूपान्तरण भएपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू स्वतः सक्रिय हुने छन् ।

सरस्वती प्रधानलाई मन्त्री श्रेष्ठले गाडीमा लिफ्ट दिएको विषयमा बोले प्रधानमन्त्री

जातिय विभेद गरेका कारण पक्राउ परेकी सरस्वती प्रधानलाई शिक्षा मन्त्रीले सरकारी गाडीमा लिफ्ट दिएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको बताइएको छ ।

उनले शिक्षामन्त्री गोपालकृष्ण श्रेष्ठलाई तपाईले गल्ती गर्नुभयो भनेको कानुनमन्त्री लीलानाथ श्रेष्ठले बताएका छन् । जातिय विभेद गरेको अभियोगमा पक्राउ परेकी महिलालाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ आफै गाडी लिएर गएको र उनलाई छुटाएर गाडीमै ल्याएको विषयमा प्रधानमन्त्रीको धारणा आउनुपर्ने भन्दै सामाजिक सञ्जालमा आवाज उठेको थियो ।

प्रधानमन्त्री ओलीले आवेशमा आएर यस्तो काम नगर्न सचेत गराएको कानूनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी गराए । मंगलवार एक पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले शिक्षामन्त्री श्रेष्ठको कामलाई ‘दुर्भाग्यपूर्ण’ समेत बताए ।

उनले भने, ‘गाडीमा चढाएर लैजानु दुर्भाग्यपूर्ण हो । राम्रो काम होइन । हाम्रो सम्माननीय प्रधानमन्त्रीले हिजो मन्त्रीज्यूलाई ध्यानाकर्षण गर्नुभएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुहोस् है, यो ठीक भएन भन्नुभएको छ । यसमा प्रधानमन्त्री स्वयम्को पनि ध्यानाकर्षण भएको छ ।’

रुपा सुनारलाई दलित भएकै कारण आफ्नो घरमा कोठा भाडा नदिएको भन्दै रुपाले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको थियो । तर नेवार समुदायको विरोध पछि उनलाई प्रहरीले हिरासत मुक्त गरेको थियो ।

प्ररहरीले काठमाडौं बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई नियन्त्रणमा लिएको थियो । ३ दिनपछि प्रहरी नियन्त्रणबाट छुटेकी उनलाई मन्त्री श्रेष्ठले आफ्नै सवारी साधनमा लिफ्ट दिएका थिए । यो विषयको सर्वत्र आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button