
नेपालका ५ पूर्व प्रधानमन्त्रीलाई भारतीय नेताको चेतावनी,’धेरै भारत विरोधी अभिब्यक्ति नदिनुस् सम्बन्ध विग्रेला’
काठमाडौं। नेपालका ५ पूर्व प्रधानमन्त्रीहरुलाई भारतीय जनता पार्टी (भाजपा) का एक नेताले भारत विरोधी अभिब्यक्ति नदिन चेतावनी दिएका छन् । भाजपाका विदेश विभाग इन्चार्ज विजय चौथाइवालेले नेपालका ५ पूर्व प्रधानमन्त्रीहरुलाई यस्तो चेतावनी दिएका हुन् ।

उनले मुख्य नेताहरुले भारत विरोधी अभिब्यक्ति दिँदा नेपाल भारत सम्बन्धको बारेमा ख्याल गर्न समेत आग्रह गरेका छन् ।

नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालीरहेका उनले पूर्व प्रधानमन्त्री नेताहरुलाई भारत विरोधी अभिव्यक्ति नदिन आग्रह गरेका छन्। “म यही चाहन्छु कि नेपालका राजनेताको भारतविरोधी अभिव्यक्तिले दुई देशको सम्बन्ध खराब नहोस्”,एनआईआइएस ग्लोबल कन्क्लेभको ‘भारत–नेपाल सम्बन्ध’ सत्रमा बोल्दै चौथाइवालेले भने।
पछिल्ला दिनमा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा,पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल र डा।बाबुराम भट्टराईले नेपालमा भारतीय हस्तक्षेप बढेको बताउँदै आएका छन्।
सहज हुने भयो काठमाडौको जिवन, सातै दिन पसल खुल्ने अरु के के भए निर्णय ?
काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञा खुकुलो भएको छ। यद्धपी एकसाताका लागि भने निषेधाज्ञा थपिएको छ । थपिएको निषेधाज्ञामा धेरे कुरा खुकुलो पारिएको छ । निश्चित घण्टा मात्र संचालन गर्न पाउने पसल निर्वाध खुल्ने भएका छन् ।
कपडा लगायतका पसल पनि संचालन हुने भएका छन् । यसअघि पसलहरुलाई वर्गीकरण गरेर तोकेको दिनमात्र खोल्न दिइएको थियो। अब भने सबै प्रकारका पसल सबै दिन खुल्नेछन्।
ुपसलहरुमा लगाइएको बार प्रणाली हटेको प्रमुख जिल्ला अधिकारीहरुले जनाएका छज् ।
अब जुनसुकै बार जुनसुकै पसल खोल्न पाइने छ । तर, यसरी खोलिने पसलहरुमा समय भने तोकिएको छ। खाद्यान्नका पसलहरु भने बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन्। त्यस्तै अन्य पसलहरुलाई भने बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुल्न दिइएको छ।
होटेल, रेष्टुरेष्टको हकमा भने टकेअवे र होम डेलिभरी सेवामात्र दिन पाउने छन्। काठमाडौ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलवारवाट सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरे ।
मंगलवारवाट २५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन मात्र संचालन हुन्छन् । जसलाई जोरबिजोरका आधारमा चलाउन पाइन् छ ।
ठूला बसहरूलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर भोलिदेखि जोरबिजोरको आधारमा चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
सबै होइन यस्ता सार्वजनिक सवारी मात्र मंगलवारवाट सञ्चालन हुनेछन्
उपत्यकाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलवारवाट सार्वजनिक सवारी साधन संचालन गर्ने निर्णय गरे । तर सबै सार्वजनिक सवारी साधन भने संचालन हुँदैनन् । मंगलवारवाट २५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन मात्र संचालन हुन्छन् ।
जसलाई जोरबिजोरका आधारमा चलाउन पाइन् छ । कस्तो कडाई गर्ने भन्ने विषयमा अझै निर्णय भएको छैन । त्यसवारे थप छलफल गरेर निर्णय गरिने बताइएको छ ।
२५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन मंगलवारदेखि चल्न पाउने भएका छन् । ठूला बसहरूलाई जनस्वास्थ्यका मापदण्ड अपनाएर भोलिदेखि जोरबिजोरको आधारमा चल्न दिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
२५ सिटभन्दा माथिका सार्वजनिक सवारी साधन भोलिदेखि जोरबिजोरका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर चल्न दिने निर्णय भएको छ,’पराजुलीले भने ।काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओहरूको सोमवार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका छन् । सोमवार बसेको प्रमुख जिल्ला अधिकारीकरुको औपचारीक बैठकले यस्तो निर्णय गरेको हो ।
एक साता थप गरिएको निषेधाज्ञामा पार्टीप्यालेस, जिमखानामा पहिले कै नियम लागु हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार भिडभाड हुने क्षेत्र विद्यालय, पार्टीप्यालेसलगायतका क्षेत्र नखोल्ने निर्णय गरिएको जानकारी दिए ।
सोमबार बिहान बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक साता थप्ने निर्णय गरेको छ। “कोरोनाभाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने निर्णय भएको छ,” ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालले भने।
कोभिड–१९ नियन्त्रणका लागि १६ वैशाखदेखि काठमाडौंमा निषेधाज्ञा जारी छ। पछिल्लो समय थपिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ।



