पर्सा बीरगञ्ज बासि सर्वशक्तिमान जन नागरिकमा सादर निम्तो

पर्सा बीरगञ्ज बासि सर्वशक्तिमान जन नागरिकमा सादर निम्तो।
देशको राष्ट्रियता ,राष्ट्रिय स्वाधीनता , राष्ट्रिय अखन्डता र देशको अश्मिता समेतको रक्षाकालागि सर्व प्रथम देशप्रति माया राष्ट्रप्रति उच्च सम्मान हुन जरुरी छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजना तथा पार्टी नेता नरेश कुमार साहको व्यवस्थापनमा बीरगंजमा एकघर एक राष्ट्रिय झन्डा अभियान प्रारम्भ गर्न गइरहेका छौ। यो अभियान राष्ट्रव्यापी अभियान हो। यसको बिधिवत शुरूवात पर्शा जिल्लाबाट गरिने भएको हुदाँ बुबाआमा ,दाजुभाइ ,दिदीबहिनी र समस्त जन नागरिक यहीँ श्रावण महिनाको १६ गते पर्शाको बीरगंजबाट शुरूवात गरिने भएको हुँदा सबै जना यश राष्ट्रिय कार्यक्रममा उपस्थित भईदिनु हुन हार्दिक निम्तो गर्दछौ। यो देशप्रेमी, राष्ट्रभक्ति जगाउने कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष हाम्रा आदरणीय मा. राजेन्द्र लिङ्गदे ज्यूको को प्रमुख आतिथ्यतामा हुने व्यहोरा जानकारी गराउन चहान्छौ। यो राष्ट्रिय कार्यक्रममा पार्टी भन्दामाथि उठेर सबैको उपस्थितिकालागि अनुरोध गर्दछौ।
यश कार्यक्रममा केन्द्रीय नेतृत्वहरू देशकै नायिका तथा पार्टी नेतृ रेखा थापा समेतको समुपस्थिति रहने हुँदा देशका खातिर सबैमा कार्यक्रममा उपस्थित सभ्य र भव्य बनाउन हार्दिक अपिल , अनुरोध ,निमंत्रणा तथा चुह्ले निम्तो सहित उपस्थितिकालागि सादर अनुरोध गर्दछौ।
समय र स्थान!!
१- स्थान: टाउन हल, आदर्शनगर बीरगंज पर्सा।
२- समयः बिहान ११.३० बजे।
३- मिति: २०७९/४/१६ गते।
राष्ट्रिय प्रजातन्त्र पार्टी
पर्सा बीरगंज।
मितिः २०७९/४/८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

Back to top button